कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
आइतबार भएको खेलमा न्यू रोड टिम (एनआरटी) लाई ४–१ गोल अन्तरले पराजित गर्दै मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङलाई दिलाउन अन्जन विष्टले २ तथा विमल राना र दयानन्द सिंहले समान १ गोल गरे ।
लिगको अंक तालिकामा त्रिभुवन आर्मी क्लब २६ अंकसहित पहिलो र र मछिन्द्र क्लब २५ अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानमा झरेको रुस्लान थ्री स्टार क्लबको २० अंक छ ।
तपाईको प्रतिक्रिया