२१ माघ २०७६, मंगलवार १३:०१  

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको ढिलाइप्रति विरोध जनाउँदै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । नगरपालिकाका विभिन्न वडामा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका उनीहरुले जग्गा दर्ता प्रक्रियाको कामलाई अगाडि बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

अव्यवस्थित बसोवासी जग्गा दर्ता समन्वय समितिले तीन दिनभित्र काम शुरु गर्न माग गर्दै नगरप्रमुख किसान गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले तीन दिनभित्र नापी टोली ‘फिल्ड’मा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । जग्गा दर्ता प्रक्रियाका लागि समिति गठन भएको नौ महिना बितिसक्दा पनि ठोस काम हुन नसकेकाले अबको तीन महिनामा लालपुर्जा पाउँछौँ भन्ने आशा हराउँदै जान थालेको श्रेष्ठले बताए । “एउटा नेता आउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, लालपुर्जा पाउँछौँ कि भनेर आन्दोलन रोक्छाैँ, तर हाम्रो माग पूरा हुँदैन”, उनले भने ।

समितिका सदस्य राजन केसीले लालपुर्जा पाउने आश्वासनमा बाबुबाजे गुमाइसकेको बताउँदै लालपुर्जा पाउन जस्तोसुकै आन्दोलन गर्न पनि स्थानीयवासी तयार रहेको बताए । “लालपुर्जाका विषयमा धेरै आश्वासन पायौँ, तर लालपुर्जा कहिले पाउँछौँ ?” उनले भने, “अब गफ होइन, परिणाम चाहिएको छ ।”

विगतमा नेताहरुले लालपुर्जा दिलाउँछौँ भनेर भोट मागे पनि सत्तामा पुगेपछि आफूहरुको मागलाई बिर्सेको केसीले आरोप लगाए । “चुनावको बेलामा सबै पार्टीले आफ्नो घोषणापत्रमा लालपुर्जाको विषय राखे”, उनले भने, “तर चुनावपछि सबैले आफ्नो प्रतिबद्धता भुल्दा वर्षौँदेखि स्थानीयवासी लालपुर्जा्विहीन अवस्थामा बाँचिरहेका छन् ।”

यस क्षेत्रका करीब एक हजार घरधुरी बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेको उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् । जग्गा दर्ताका लागि यहाँका स्थानीयवासीले विगतमा प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेतालगायतको पनि ध्यानाकर्षण गराएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्न प्रक्रियासमेत अगाडि बढाएको थियो । केही महिना अगाडि नगरपालिका–७ स्याउलीबजारका स्थानीयवासीसँगको भेटघाटमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नै लालपुर्जा दिलाउने प्रतिबद्धता जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

आलोचकलाई रोनाल्डोको कडा जवाफ, ९ खेलमा लगातार गोल गर्दै राखे यस्तो रेकर्ड

युभेन्ट्सका पोचुगिज स्टार क्रिश्टियानो रोनाल्डो उमेरले ३५ वर्षका भए ।...

विशेष

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ