
युभेन्ट्सका पोचुगिज स्टार क्रिश्टियानो रोनाल्डो उमेरले ३५ वर्षका भए । केही समयअघि मात्रै उनी लयमा नरहेको भन्दै कडा आलोचना हुने गर्थ्याे । प्रशिक्षण र खेलका दौरान कडा परिश्रम गर्ने रोनाल्डोले फेरि आफूलाई प्रमाणित गर्दैछन्, त्यो पनि हरेक खेलमा गोल गरेर ।
युभेन्ट्सभित्रै आलोचना खेपिरहेका बेला उनले आफ्ना आलोचकलाई मिथ्या साबित गर्न सफल भएका छन् । रोनाल्डोले पछिल्ला ९ खेलमा लगातार गोल गरेका छन् । ९ खेलमा मात्रै उनले १४ गोल गरिसके ।
रोनाल्डो सन् २००५ मा डेविड ट्रेजेग्वेटपछि लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । जारी सिरी ए लिगमा उनको कुल गोल संख्या १९ पुगेको छ ।
हिजो भएको खेलमा फिओरेन्टिनालाई ३-० गोलले पराजित गर्दा रोनाल्डोको नाममा २ गोल सामेल थियो । दुवै गोल पेनाल्टीबाट सम्भव भयो ।
तपाईको प्रतिक्रिया