
काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । काठमाडाैं, पाेखरा र जनकपुरमा खेलहरू हुने छ । बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् । बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ ।
यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन हुनेछ । पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल ह्यान्डबल हुँदैछन् ।
यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस खेलहरु पनि हुनेछन् ।
सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । खेल टीयू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया