१८ मंसिर २०७६, बुधबार २०:३२  

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको नेपाल र श्रीलंकाको खेल बराबरीमा टुङ्गिएको छ । श्रीलंकाविरुद्ध अनेकौं अवसर पाएपनि गोल सिर्जना गर्न नसकेको नेपाल अन्ततः इन्ज्युरी समयमा श्रीलंकाले गोल गर्दा बराबरीमै चित्त बुझाउन विवश भयो । यसअघि नेपालले ३७ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

नेपाल युवा टोलीले मैदानमा हजारौ नेपाली फुटबल पारखीहरुको समर्थन पाएको थियो । अघिल्लो खेलमा हिजो मंगलबार भुटानलाई ४-० गोलले पराजित गरेको नेपाल श्रीलंकासँग सुरुदेखि नै उच्च मनोबलमा उत्रिएको थियो ।

खेलको नवौं मिनेटमा रेजिन सुब्बाले खाली पोस्टमा हानेको बल पोस्टमाथीबाट बाहिरिएको थियो । २०औं र ३० औं मिनेटमा नेपाली खेलाडीले प्रहार गरेको प्रहार श्रीलंकाली गोलरक्षकले विफल तुल्याए । श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा केही आक्रमण गरेपनि बढी रक्षात्मक शैली अपनायो । खेलको ४८औं मिनेटमा रेजिन सुब्बाले राम्रो अवसर खेर फाले । खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोष्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० गोलको अग्रता बनाउने अवसर गुमाएको थियो ।

No photo description available.

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ