१८ मंसिर २०७६, बुधबार १४:४९  

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज)द्वारा उत्पादित एमजी जेडएस इलेक्ट्रिक गाडी विश्वभर लोकप्रिय बन्न थालेको छ। तेल नखाने र बिजुलीबाट चल्ने यो गाडीको नेपालमा पनि १ सय ५० थान बुकिङ भैसकेको छ । 

एमजी कम्पनीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले गत जुलाई देखि यसको बुकिङ्ग खुल्ला गरेको थियो। यसका विभिन्न ब्राण्डहरु रहेका छन्। अहिले नेपाली बजारमा यसको शुरूवात मूल्य ४९ लाख ९९ हजार रहेको छ । 
वितरक प्यारामाउन्ट मोटर्स प्रालिका अनुसार, अहिलेसम्म कम्पनीले यस गाडीका लागि १५० थान भन्दा बढि गाडीहरुको बुकिङ प्राप्त गरिसकेको छ । 

युरोपका विभिन्न देशहरु युके, नेदरल्याण्ड, फिनल्याण्ड, नर्वे तथा एशियाका भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया तथा चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा यसको माग उच्च देखिएको छ । कम्पनीका अनुसार , एमजी जेडएस को इलेक्ट्रिक गाडीका लागि युरोपबाट ३००० वटा अर्डर प्राप्त भैसकेको छ । 
अहिले नै ५०० थान एमजी जेडएस गाडी यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यात गरिने कम्पनीले जनाएको छ । 
यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखि नै निकै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे, तेल खर्च नहुने र बिजुलीले चल्ने स्वच्छ गाडी भएको कारण यसलाई धेरैले रुचाएका हुन्। अरु ३ वटा देशबाट पनि ३००० भन्दा बढि अर्डरहरु प्राप्तभैसकेको छ ।  
एमजीले युकेको लन्डन , अमेरिकाको सिलिकन भ्याली र इजरायलको टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेन्टर स्थापना गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण प्लान्ट स्थापना गरेको छ। यो कम्पनीले विश्वभर ९३ वटा ओभरसिज अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरिसकेको छ । एमजीका उत्पादनहरु हाल विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छन।
यो नयाँ लक्जरी गाडीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग राखिएको छ साथै ड्राइभरलाई सजिलो बनाउने प्रिमियम प्यानारोमिक सनरुफ र इलेक्ट्रिक पावरले एडजस्ट गर्न मिल्ने सिटहरु राखिएको छ । यसबाहेक यो गाडीमा ३ प्रकारका ड्राइिभिङ मोडहरु रहेका छन् जसमा चालकहरुले आफूलाई जसरी मन पर्छ त्यही ढंगबाट गाडी चलाउन सक्छन् ।

यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।

यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ