भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार बन्द हुने भएको छ।

जनता बैंक र ग्लोबल आइएमई बैंक शुक्रबार देखि मर्जर भएर एक बन्ने घोषणा भए पछि त्यसलाई मूर्तरुप दिनको लागि भोलि एक दिन ग्लोबल आइएमई बैंक बन्द हुने भएको हो। दुई बैंक बीच एकीकृत कारोबार गर्न तथा तथ्यांक र सिस्टमहरु एकीकृत गर्नको लागि भोलि एक दिन सेवा बन्द गर्न लागिएको हो।
ग्लोबल आइएमई बैंककाअनुसार भोलि बिहिबार मंसिर १८ गत को सध्याकालिन काउन्टरदेखि १९ गते राती १२ बजे मध्यरातसम्म बैंकका सबै एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सबै सेवा र सुविधाहरु निश्चित समयको लागि बन्द हुने बताइएको छ।
राष्ट्र बैंकले नीति परिवर्तन गरे पछि केहि वर्ष देखि बैंकहरु मर्ज हुने क्रम जारी छ। नेपालको बैंकिंग तथा मनी ट्रान्सफरमा निकै विश्वासिलो नाम आइएमई को बैंक पनि त्यत्तिकै विश्वासिलो रहेको छ। आइएमईले नेपालको मनी ट्रान्सफरमा आफ्नै एउटा छुट्टै नाम र पहिचान कायम गर्न सफल भएको छ। त्यसै गरि ग्लोबल आइएमई बैंकले पनि प्रयोगकर्ताहरुमा बिशिस्ट र गुणस्तरीय सेवा अनुभूति गराउने गरेको छ।
काठमाडौँ उपत्यका भित्र ट्राफिक जरिवाना अनलाइन तथा बैंक मार्फत तिर्न सकिने एक मात्र बैंक ग्लोबल आइएमई बैंक हो।
यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।
यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस ।
तपाईको प्रतिक्रिया