माओबादी पृष्ठभूमिबाट मन्त्री बन्नेहरुले प्राय दौरा सुरुवाल लगाउने गर्दैनन्।

स्वयम् प्रचण्ड र बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा पनि सुट टाई लगाएका थिए , दौरा सुरुवाल बहिस्कार गरेका थिए, उनीहरु दौरा सुरुवाललाई सामन्तबादको प्रतीक भन्न रुचाउछन्। तर एकाएक अहिले माओबादी पृष्ठभूमिबाट आएका गृहमन्त्रीले लगाएको दौरा सुरुवाल सामाजिक संजालमा भाइरल भएको छ। नयाँ पत्रिकाले जनाए अनुसार उक्त सुरुवाल खेलाडीको बजेटबाट कटाएर मन्त्रीहरुलाई दिईएको हो। ।
मन्त्री भएर शपथ खाँदा समेत गृहमन्त्री बादलले दौरा सुरुवाल बहिस्कार गरेका थिए। चीनियाँ राष्ट्रपति नेपाल आउँदा प्रम ओलीले सबै मन्त्रीहरुलाई अनिवार्य दौरा सुरुवाल लगाएर आउन निर्देशन दिएका थिए , त्यो बेलामा पनि मन्त्री थापाले दौरा सुरुवाल लगाएनन् तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए । भनिन्छ ” फ्री मा पाए नेपाली नेताले एक पाथी अलकत्रा पनि खान्छ। “
गृहमन्त्री मात्र होइन, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत अरु ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । खेलकूदको लागि विनियोजित बजेटबाट उनीहरूले छालाको महँगो कालो जुत्ता, मोजा र टोपीसम्म फ्रीमा पाएका छन् ।तर खेलाडीहरु जसले खेलेर देशको नाम राखेका छन् उनीहरुलाई सिलाउन ढिला भयो भनेर राष्ट्रिय पोशाक दिईएको थिएन। उदघाटन समारोहको मार्चपासमा समेत उनीहरु ट्रयाक सुटमा नै हिंडेका थिए। पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा। युवराज खतिवडाले चाहिं दौरा–सुरुवाल लिन अस्वीकार गरेका छन् ।
साग खेलको लागि भनेर झन्डै ४ अरब रुपैयाँ बजेट बिनियोजन गरिएको छ। त्यसमा नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने तालीम, डाइट , पोशाक आदिको लागि समेत बजेट छुट्याइएकोमा समाजमा हुनेखाने बर्गको रुपमा चिनिएका मन्त्रीहरुले नै जोरका जोर पोशाक बनाउने नाममा खेलाडीको गाँस काटेर आफ्नो लागि कपडा सिलाउन लगाउनुलाई कुनै कोणबाट सही ठहर्याउन सकिन्न।
तर मिडियामा आएको समाचार प्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन्। आफुले उक्त पोशाक नपाएको र नलिएको उनले बताएका छन्। अर्का मन्त्री तथा सरकारका प्रबक्ता गोकुल प्रसाद बाँस्कोटाले चाहि समाचार प्रकाशित गर्ने पत्रिका नयाँ पत्रिका प्रति नै रोष प्रकट गरे , नेपाली मिडियाले गैर जिम्मेवार भएर आरोप लगाएको उनले जिकिर गरे।
उनले समाचार पुस्टि गर्न पहिलो पटक समाचार प्रकशान गर्ने प्रकाशकलाई चुनौती दिएका छन्। तर नयाँ पत्रिका श्रोतले जनाए अनुसार नेपाल सरकारका मन्त्रीहरु समेत प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी सबैलाई एक–एक जोर कपडा व्यवस्था भएको छ । यसरी ८४० थान दौरा , सुरुवाल , कोट सहित छालाको जुत्ता , मोजा टोपी समेत अर्डर गरिएको बताईएको छ। राजधानीको त्रिपुरेश्वर स्थित श्रीनाथ कलेक्शनमा दौरा सुरुवालको लागि अर्डर गरिएको श्रोतले बतायो।
यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।
यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस ।
तपाईको प्रतिक्रिया