चालू आर्थिक वर्षको पहिलो चार महिनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात करिब साढे दुई अर्बले घटेको छ।

आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/०७७ मा दुई अर्ब ३३ करोडको आयात घटेको हो।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन–कात्तिक अवधिमा ३४ अर्ब ७४ करोडको आयात भएको छ। गत वर्षको यही अवधिमा ३७ अर्ब ८ करोडको आयात भएको थियो।
चालू आर्थिक वर्षमा दुई अर्ब ३३ करोडको आयात घट्दा पाँच अर्ब ३५ करोडको राजस्व कम उठेको छ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।
तपाईको प्रतिक्रिया