मेगा बैंक नेपाल लिमिटेड यस वर्ष सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ।

बेलायतको लण्डनस्थित विख्यात प्रकाशक तथा अर्थतन्त्रको क्षेत्रमा थिङ्क ट्यांकको रुपमा चिनिने फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।
लण्डनमा बिहीबार आयोजित भब्य कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सीईओ अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’को सम्मान ग्रहण गरे।
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका बैंकहरुमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ। यसमा नेपालको तर्फबाट मेगा बैंक परेको छ।
यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन तथा सुरक्षा प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो।
यो बैंकको नेपालभरिमा १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु तथा २ हजार ५ सय भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन्।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।
तपाईको प्रतिक्रिया