७ मंसिर २०७६, शनिबार १०:३१  

क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको छ । आगामी मंसिर ७ मा हुने महासंघको निर्वाचनका लागि दिनेशराज कार्कीले व्यक्तिगत साधारण समूहबाट सदस्यमा उम्मेदवार दिएका छन् । उनले नवराज कुँवर समूहको प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् । उनी आइटी कम्पनी ‘आइटी भिल्ला’ का प्रबन्ध निर्देशक हुन् भने नेपाल सरकारको विश्व बैंक अन्तर्गतको प्रोजेक्टमा आइसिटी कन्सल्ट्यान्ट रुपमा कार्यरत छन् । विगत ८ वर्षदेखि आइसिटी सम्बन्धी विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय कार्की क्यान महासंघमा युवा सदस्यहरुबीच बढी परिचित छन् । उनले क्यान इन्फोटेकमा भोल्युन्टर संयोजकदेखि युवा कमिटीमा सक्रिय भूमिका खेलेका छन् :

क्यान महासंघमा तपाईंको उम्मेदवारी किन ? 
नेपालको सूचना र सञ्चार प्रविधि क्षेत्रको साझा र एक मात्र अभिभावक संस्थाको रुपमा क्यान महासंघ परिचित छ । विभिन्न प्रकृतिको सदस्यता प्रणाली रहेका कारण समग्र आइसिटी क्षेत्रकै प्रतिनिधित्व यस संस्थाले गरेको छ । मैले विशेषगरी प्राविधिक, युवा जनशक्ति र विद्यार्थीलाई क्यानसँग जोड्नुपर्छ भन्ने अभिप्राय राखेको छु । क्यानभित्र मैले युथ कमिटी र बाहिर विभिन्न सामाजिक फाेरमहरूमा रहेर काम गर्दा थुप्रै समस्या र चुनौती देखेँ ।

युवा जनशक्तिको क्षमतालाई उच्चतम परिचालन गर्न, अवसर सिर्जना गर्न र स्वदेशमै आइटी उद्योगको सहज वातावरण ल्याउनुपर्ने आवश्यकता देखेको छु । यो एक/दुई जनाले गरेर सम्भव हुने होइन । क्यान महासंघजस्तो देशैभर सञ्जाल भएको र राज्य र सरोकारवाला निकायहरु निकट रहेर काम गर्ने संगठनले यसको अगुवाई गर्नुपर्छ भन्ने धारणा मेरो हो । यसकारण मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । 

निर्वाचनका लागि कस्ता एजेन्डा अघि सार्नुभएको छ ? 
पहिलो कुरा त क्यान महासंघले युवा, विद्यार्थी र स्टार्टअपको विषयलाई अपनत्व गर्नुपर्छ भन्नेमा म अडिग छु । संगठनले धेरै काम गर्नुपर्ने छ, जुन धेरै सदस्यहरुले उठाइरहनु भएको विषय पनि हो । क्यानले आइसिटी क्षेत्रका मुद्धाहरुको लबी गर्ने, यो क्षेत्रका व्यवासयी र प्रोफेसनलका हकहितका लागि आवाज उठाउने कुरालाई प्राथमिकता दिनुपर्छ । क्यानका हरेक गतिविधि पारदर्शी बनाउन र सबै सदस्यहरुलाई थाहा दिने परिपाटी सुरुवातका लागि मैले आवाज उठाउने छु ।

नेपाल सरकारले स्वदेशी सफ्टवेयर निर्मातालाई प्रोत्साहन गर्न न्यूनतम मापदण्ड ल्याउनुपर्छ । यसका लागि क्यान महासंघले भूमिका खेल्नु वातावरण ल्याउनुपर्छ । नियमित रुपमा नलेज सेयरिङ गर्न क्यानले साझा प्लाटफर्म बनाउनुपर्छ । अर्कोतर्फ क्यानमा सदस्य बन्न स्वतःस्फुर्त मानिसहरु आउने वातावरणका लागि पहल गर्नेछु । यसैबीच हाम्राे समूहले २ वर्षे कार्यकालका लागि प्रतिबद्दतापत्र ल्याएकाे छ । त्यसमा समग्र याे क्षेत्रकाे विकास र विस्तारका लागि प्रस्ट रूपमा उल्लेख गरिएकाे छ । 

नेपालकाे आइसिटी क्षेत्रमा कस्ता चुनौतीहरु देख्नुहुन्छ ? 
अहिले पनि नेपालको आइसिटी क्षेत्रलाई सरकारले पत्याउन सकेको छैन । विदेशी सफ्टवेयर नै किन्नुपर्छ भन्ने प्रवृत्ति सरकारमा छ । तर कतिपय सफ्टवेयर विदेशीका लागि नेपालीले नै बनाएका छन् । यसले नेपाली प्रतिभा र क्षमतालाई दुरुत्साहित पारेको छ । यही कारण हजारौं आइटी जनशक्ति विदेशमा पलायन समेत भइरहेका छन् । स्टार्टअपलाई फन्डिङका कार्यक्रम छैनन्, उत्प्रेरणा दिने निकायको अभाव छ । स्टार्टअप कल्चरको चेतना पनि कमै छ ।

क्यान जस्तो संस्थाले स्टार्टअपका लागि ‘ग्रुमिङ सेन्टर’को व्यवस्था गर्नुपर्छ । अर्कोतर्फ विकासमा सूचना प्रविधिको प्रयोग बढाउन सकिएको छैन । इन्डस्ट्री र एकाडेमियाबीच अझै तालमेल नमिलेको अवस्था छ । यी यावत् चुनौतीका बाबजुद पनि नेपालको भविष्य आइसिटी क्षेत्रमै छ । यो ढिलो चाँडो सबैले बुझ्ने छन् । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी आइटी क्षेत्रमा विभिन्न भूमिकामा काम गरिरहे पनि हाम्रो अहिलेको दायित्व भनेको नेपालमा आइसिटी क्षेत्रको इकोसिस्टम बनाउनु नै हो । सबैले यसका लागि आफ्नो ठाउँमा योगदान दिनुपर्छ । एकअर्कामा सहकार्यको भावना उत्तिकै आवश्यक छ । क्यान महासंघले सम्पूर्ण आइसिटी क्षेत्रका लागि साझा संगठनको रुपमा काम गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा मैले आसन्न क्यान महासंघको कार्यसमितिको निर्वाचनमा व्यक्तिगत साधारण समूहबाट सदस्यका लागि उम्मेदवारी दिएको छु । यो समूहमा रहेका सम्पूर्ण मतदाताको पक्षमा मैले काम गर्न प्रस्ट योजना पनि अघि सारेको छु । तपाईहरुको मुद्धा लिएर संगठनमा प्रतिनिधित्व गर्न मलाई अमूल्य साथ र सहयोगको खाँचो छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

नेपालमै पहिलो पटक फिनटेक सम्मेलन : साइबर सुरक्षामा मुख्य जोड

काठमाडौं । वित्तीय क्षेत्र (फाइनान्स ) र कम्प्युटर टेक्नोलोजीलाई अर्थपूर्ण...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

बिबेक शमशेर राणा एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्सको सहसभापतिमा निर्बाचित

नेपालका वरिष्ठ आइटी बिज्ञ श्री बिबेकशमशेर राणा एशिया प्रशान्त क्षेत्रीय...

राष्ट्रसंघीय इन्टरेनट गभर्नेन्स फोरममा आनन्दराज खनाल पुन: नियुक्त

सयुक्त राष्ट्र संघीय इकाइ इन्टरनेट गभर्नेन्स फोरमले मल्टिस्टेकहोल्डर एड्भाइजरी ग्रुप...

अब वेबसाइटमा नै उपनिर्बाचनको नतीजा यसरी हेर्न सकिन्छ

हिजो मंसीर १५ गते शनिबार देशका विभिन्न स्थानमा उप निर्वाचन...

विशेष

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ