१९ कार्तिक २०७६, मंगलवार ०९:०९  

पूर्व–पश्चिम राजमार्ग नजीकैको कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिकाबाट लालझाडी जाने दोदा नदीको पुल तर्दा एकपटकमा ३० रुपैयाँसम्म कर असुल गर्ने तथ्य फेला परेको छ।

यसरी महँगो कर तिर्नुपर्दा जनताहरु पिडित बनेका छन्। नदीमा निर्माण गरिएको काठे पुल प्रयोग गरेबापत उक्त रकम तिर्नुपरेको हो।

उक्त काठे पुलमा ठुला सवारी निशेष छ र त्यहाँ पैदल यात्रु र साना सवारी मात्रै जान्छन् । पैदल यात्रुले पैसा तिर्नुपर्दैन। मोटरसाइकलको ३० र साइकलको १० देखि २० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ।

दोस्रो दिन यात्रा गर्नुपरे फेरी पैसा तिर्नुपर्छ । ‘काठे पुल पनि हिउँदमा मात्रै हो, बर्खामा त नाकाबन्दी लागे जस्तै हुन्छ,’ लालझाडी गाउँपालिका २ कसुवाका मोलसिंह रानाले भने, ‘काठे पुल बनेपछि नदी तर्न केही सजिलो भएको छ।’ पैसा उठाउन कर्मचारी राखिएको छ।

देखतभुली र जाइँ जोड्न दोदा नदीमा पक्की पुल निर्माणाधीन छ । तर निर्माणमा भइरहेको ढिलाइ र ठेकेदार र स्थानीय नेताको बदमाशीका कारण यहांका स्थानीय काठे पुलकै भर पर्न बाध्य भएका हुन्।

उक्त पुल देखतभुलीमा मात्रै होइन, लालझाडीको नन्द गाउँ र बल्मीको बीचमा पनि काठे पुलकै भर छ । यहाँ पनि साइकलको २० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क लिने गरिएको छ।

यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।

यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ