४ कार्तिक २०७६, सोमबार ०९:५६  

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज

दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलासा भएको छ । हालै बरामद गरिएको राजनीतिक दस्तावेजमा विप्लब माओबादी औपचारिक रुपमा सैन्य संरचना बनाउने निर्णयमा पुगेको जनाइएको छ।

बर्तमान सरकारले कम्युनिस्ट शब्दकै बदनाम गरेको भन्दै ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ। राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए। दांगका प्रहरी प्रमुखले भने।

विप्लव नेतृत्वको नेकपाका २१ जना नेताहरु पक्राउ परेको राजापुर–४ स्थित एक घर। तस्बिर सौजन्य : शिबु खनालको फेसबुक

सैन्य तालिम र प्रशिक्षणका लागि भनेर चन्दा संकलन समेत भैसकेको रहेछ। ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ। सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ।’

राप्ती अंचलबाट नै १ करोड चन्दा संकलन

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सैन्य दस्ता निर्माणको लागि साबिकको राप्ती अञ्चलका पाँच जिल्लाबाट १ करोड रुपैयाँभन्दा बढी चन्दा उठाईसकेको भेटिएको छ। बरामद राजनीतिक दस्तावेजमा चन्दा संकलनबाट १ करोड रुपैयाँभन्दा बढी संकलन भएको र त्यो रकम पार्टीका कार्यक्रम तथा व्यवस्थापनमा खर्च भैसकेको उल्लेख रहेको उनले बताए।

‘१ करोडभन्दा बढी चन्दा संकलन गरी खर्च गरेको दस्तावेज बरामद भएको छ’, उनले भने, ‘चन्दा दिनेमा जनप्रतिनिधि, व्यापारी, उद्योगी देखिएका छन्। कोबाट कति चन्दा उठाए र अब कोसँग उठाउने तयारी छ भन्नेसम्म फेला परेको छ।’ उद्योगी÷व्यापारीले मात्र होइन, जनप्रतिनिधिले पनि चन्दा सहयोग गरेको देखिएको उनले बताए। विप्लवले सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ।

जनवर्गीय संगठन विस्तार, राजनीतिक प्रशिक्षण, सैन्य प्रशिक्षण चलाउने, एक घर एक पार्टी सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिम सञ्चालन गर्ने र सैन्य दस्ता निर्माण गर्नको लागि चन्दा अभियानलाई तीव्र पार्ने निर्णय गरेको प्रहरीले फेला पारेको छ।

यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।

यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ