लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा समेत बजारमा प्रतिबन्धित मरेका माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । बजारमा विकल्पको रुपमा जिउँदो माछा भएता पनि केही सस्तो भन्दै उपभोक्ताहरुले मरेको माछा खाने गर्दा यस्तो बिषालु माछा बजारमा रहेको हो। भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा अहिले काठमाडौँका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा काठमाडौँ पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट प्राय १२ दिन लगाएर नेपाल आउँछ।

नेपाल सरकारले धेरै अघि नै यस्तो विषाक्त माछालाई प्रतिबन्ध गरेर स्वदेशी ताजा तथा जिउँदो माछालाई प्रबर्द्दन गरेको भएता पनि अझै भ्रस्टाचारी र बेइमान भन्सार कर्मचारीहरुका कारण लाश कुहाउन प्रयोग हुने यस्तो विषाक्त केमिकल युक्त माछा भान्सा भान्सामा पुग्ने गरेको छ। कालीमाटी तरकारी थोक बजारमा पाइने मरेका माछामा करीब ६० प्रतिशत यस्तै लुकिचोरी ल्याईने मरेका माछा हुने गरेको छ। तस्कर हरुले पुलिस प्रशासन सबैलाई घूस खुवाएर यस्तो केमिकल युक्त माछा सर्बसाधारणलाई खुवाउने गरेको खुलेको भएता पनि सम्बन्धित निकाय मौन रहेको देखिन्छ। नेपाल को कानूनी ब्यबस्था न पर्यो, अबको अवस्थामा उपभोक्ताहरु स्वयम नै सचेत हुनुपर्ने देखिन्छ।

उपभोक्ताहरुमा पनि ठुलो साइजको माछा खोज्नाको कारण उनीहरु यस्तै लाशमा हाल्ने केमिकल युक्त माछा खान पुगेका छन्। अहिले बजारमा करीब किलोको ५ सयको दरमा नै जिउँदो माछा पाइन्छ, ठुलो माछालाई काठमाडौँसम्म जिउँदो ल्याउन निकै गाह्रो रहेको छ , त्यसैले अलिक सानो नै भए पनि उपभोक्ताहरुले जिउँदो माछालाई नै रोज्नुपर्ने देखिन्छ। खसीको अत्यधिक बोसो हुने कोलेस्टेरोल युक्त मासु १३ सय रुपैयाँ पुगिसकेको छ , कुखुराको मासुमा धेरै औषधी र हर्मोनको अंश रहने पुष्टि भै सकेको छ , बेला बेलामा कुखुरामा लाग्ने बर्ड फ्लुको समस्या त छदैछ , त्यसैले उपभोक्ताहरु समेत सचेत भएर स्वच्छ , ताजा र जिउँदो स्वदेशी माछालाई रोज्नु नै बुद्धिमानी हुन आउँछ। विषाक्त र केमिकल युक्त मरेका माछा किन्न हामी नेपालीहरुले अरबौं रुपैयाँ भारत पठाईरहेका छौं , सबै देशभक्त नेपालीहरुले यसलाई बन्द गर्दै स्वदेशी ताजा जिउँदो माछालाई प्रबर्द्दन गर्नुपर्ने देखिन्छ।
यो समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला ।
यस लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस ।
तपाईको प्रतिक्रिया