
माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक भएको तथ्य बिभिन्न बैज्ञानिक अनुसन्धानहरुबाट पुष्टि भएको छ। मुटुरोग तथा मस्तिष्कघातबाट बच्न खसी कुखुराको मासु भन्दा जिउँदो माछा नियमित खानुपर्ने सल्लाह दिन्छन् डाक्टरहरु , तर भारतबाट आयातीत मरेका माछाहरुमा फर्मालिन रहने भएकोले त्यस्तो माछाको सेवनबाट चाहिं क्यान्सर जस्तो घातक रोग लाग्ने बिज्ञहरु बताउँछन।
भारतबाट आयातीत मरेका माछालाई धेरै दिनसम्म ताजा राख्नको लागि फर्मालिन जस्तो घातक रसायन राख्ने गरेको खुलिसकेको छ , यस्तै कुरालाई मध्यनजर गर्दै पहिलेको सरकारले नै भारतबाट मरेको माछा आयातमा पूर्ण रुपले प्रतिबन्ध गरेको थियो तर हाल अबैध तरीकाले भारतीय विषाक्त माछा भित्रिरहेको तथ्य खुल्न आएको छ। कालीमाटी तरकारी बजार तथा बल्खु तरकारी बजारमा जिउँदो माछाको अलावा त्यस्तो घातक माछाहरु अझै आइरहेको छ , बिशेष गरी बाटोमा चेक गर्न बसेका प्रहरीहरुलाई घुस खुवाउदै नक्कली भेटेनरी सर्टिफिकेट तथा क्वारेन्टाइन दिलाएर गलत तरीकाले भारतबाट विषाक्त माछा नेपाल आइरहेको छ।
कसरी थाहा पाउने असल माछा र कमसल माछा बिचको फरक ?

सामान्य बैज्ञानिक परीक्षणबाट नै भारतबाट आयातीत विषाक्त माछा थाहा पाउन सकिन्छ तर आम उपभोक्ताहरुले पसलमा गएर बैज्ञानिक परीक्षण गर्न सम्भब नै हुँदैन। अक्वारियम वा माथि फोटोमा देखाएजस्तो पानी ट्यांकी भएको पसलमा मात्र ताजा र बिषादीरहित माछा पाउनको सकिन्छ। जिउँदो माछा बेच्ने पसलमा कहिलेकाहीं नेपालमा नै उत्पादित जिउँदो माछा मर्न सक्छ, यस्तो माछा पनि बिषादी रहित नै हुने गर्छ तर जिउँदो माछा राख्ने ट्यांक वा अक्वारियम नै नभएको पसलमा चाहिं भारतबाट आयातीत विषाक्त माछा हुने सम्भावना धेरै हुने गर्दछ। नेपालमा उत्पादित जिउँदो माछा प्रति केजी ५ सयसम्म पर्न जान्छ तर भारतबाट आयातीत् विषाक्त माछा कालीमाटी बजारमा निकै सस्तो मूल्यमा पाइने हुँदा केही पसलेहरुले जानी जानी यस्तो माछा ल्याएर बेच्ने गरेको पाइएको छ। भारतीय विषाक्त माछाको यस्तो प्रकारको सीमापारी बाट हुने तस्करी रोक्न सरकार तथा प्रहरी सजग हुनु अत्यन्त आवश्यक भैसकेको छ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया