४ आश्विन २०७६, शनिबार १९:५४  

पाल्पा -तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ जागिर छोडेर यो व्यवसायमा लाग्नुभएको हो । 
तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाउनुभएका पन्तले हाल नौ रोपनी जग्गामा माछापालन व्यवसाय गर्दै आउनुभएको हो । 

उहाँको पाँचवटा पोखरीमा सात हजार मूल्य बराबरको माछा छन् । माछा बिक्री गरेर पन्तले एक वर्षमा खर्च कटाएर रु तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ । उहाँको पोखरीमा कमन कार्प ,सिल्भर कार्प, रघु, नैनी, बिगेट जातका माछा छन् । 
पोखरीबाटै प्रतिकिलो रु चार सयमा माछा बिक्री भइरहेको छ । कृषि विकास कार्यालयले व्यवसायका लागि अनुदानमा माछा पोखरी निर्माणमा एक लाख २१ हजार अनुदान, अक्सिजन दिने मेसिन खरिदका लागि रु ६० हजार, दुईवटा जाल र माछाको आहारका लागि दाना सहयोग गरेपछि व्यवसायमा झनै हौसला मिलेको उहाँले बताउनुभयो । 

विभिन्न अवलोकन भ्रमण, तालिममा सहभागी हुनुभएका उहाँले १३ रोपनी जग्गामा माछापालन व्यवसाय गरेर वार्षिक रुपमा रु सात लाख बराबरको आम्दानी गर्ने सोच बताउनुभएको छ । 

सोही ठाउँकै खड्गबहादुर थापाले पनि माछापालन व्यवसाय थालेपछि उहाँको आम्दानी पनि बढ्दै गएको छ । 

सैनिक सेवाबाट अवकाश भएपछि थापाले आफ्नै छ रोपनी जग्गामा माछा पालेर मनग्य आम्दानी गर्दै आउनुभएको हो । माछाबाट एक वर्षमा रु दुई लाख जति जाहो गर्नुहुने उहाँ भन्नुहुन्छ,“लामो समयसम्म देशको सेवक भएर काम गरियो, “ व्यावसायिक कृषक भएर माछापालनमा लाग्दा बल्ल अहिले निकै रमाइलो महसुस भइरहेको छ” । 

त्यस्तै अर्का माछा व्यावसायी बलबहादुर थापा सरकारी जागिर भन्दा यो व्यवसाय नै राम्रो लागेको बताउनुहुन्छ । उहाँले पनि नेपाली सेनाबाट अवकाश भएपछि माछापालन व्यवसाय सुरु गर्नुभएको हो । 

थापा भन्नुहुन्छ,“जागिरे जिन्दगी बन्धनमै बित्छ, घरमै बसेर व्यवसाय गरे स्वतन्त्ररुपमा जीवन जिउन पाइने हुँदा अहिले जागिरे जीवन सम्झेर निकै पछुतो लाग्छ । ” 

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ