३ आश्विन २०७६, शुक्रबार १०:३६  

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बर्तमान प्रतिनिधिसभाका सांसद गगन थापाले संविधानको पालनामा सभामुख क्याप्टेन हुनुपर्नेमा अहिले उनको भूमिका सरकारको गोलकिपरजस्तो भएको बताए । ‘संविधानको पालनामा सभामुख क्याप्टेन हुनु पर्ने हो तर उहाँ क्याप्टेन नभएर सरकारको गोलकिपरजस्तो भूमिकामा देखिनु भयो,’ नेता थापाले भने । नेपाली कांग्रेसले संसदमा कमजोर देखिएको आफ्नो भूमिकालाई जनस्तरमा उठेर भ्रस्टाचारको भण्डाफोर गर्दै पूर्ति गर्ने बेला आएको भन्दै संसद् र जनस्तरबाट हुने विरोधलाई कांग्रेसले एकाकार गरेर जनताको मन जित्नुपर्ने बताए।

केन्द्रीय समितिमा प्रकाशशरण महतले राखेको राजनीतिक प्रतिबेदनमा बोल्दै कांग्रेस नेताहरुले आ आफ्नो धारणा राखेका थिए। संबिधान भनेको ढुंगामा लेखेको शिलालेख र धर्मग्रन्थ नभएकोले बेला र जनभावना अनुसार परिमार्जित र परिस्कृत गर्दै लैजान सकिने उनीहरुले बताए।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताका मागलाई सम्बोधन गर्न समयअनुसार संविधान संशोधन गर्न सकिने र आफू संशोधनकै पक्षमा रहेको बताएको छ । गत भदौमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा नै कांग्रेसले आफ्नो दल संविधान संशोधनका पक्षमा रहेको प्रस्ट पारेको थियो ।

संविधान मस्यौदा समितिका संयोजक रहँदै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेस समयानुकूल जनताको मागलाई सम्बोधन गर्न संविधान संशोधनका पक्षमा रहिरहने बताए ।
‘जनताका मागलाई सम्बोधन गर्न संविधान संशोधनको सम्भावना सधैं रहिरहन्छ, संशोधन नै नगर्ने भन्ने हुँदैन, तर संविधानविपरीतका काम कांग्रेसले हुन दिँदैन,’ सिटौलाले भने, ‘गणतन्त्र, लोकतन्त्र र संघीयतालाई परिवर्तन गर्न सकिँदैन, संविधान संशोधन हुन्छ ।’

बैठकमा अरुले पनि आ आफ्नो धारणा राखेका थिए।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ