गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई रातो नम्बर प्लेटको बनाएर श्रीमती कुमारीमुनीलाई उपहार दिएको खुल्न आएको छ।
केन्द्र सरकारले प्रदेश सरकालाई दिएको बा १ झ १३६३ नम्बरको गाडी प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयको नाममा नामसारी गर्यो। गण्डकीमा नामसारी गरेर ग १ झ ४०७ कायम गरिएको उक्त गाडीलाई मुख्यमन्त्रीको दवावमा रातो प्लेटको अर्थात निजी जस्तै बनायो। रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग ३ च १६२ नम्बर भएको र त्यसलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगले चढ्दै आएको बुझिएको छ।
मुख्यमन्त्री निकट स्रोतले बताए अनुसार उनकी श्रीमतीलाई पोखरा–लम्जुङ आवतजावत गर्न सहज बनाउन सेतो प्लेटलाई रातो बनाइ प्रयोगका लागि दिइएको बुझिएको छ।
बेलायतमा भएको तमुधीको कार्यक्रममा सहभागी भएर काठमाडौँ आईपुगेकी कुमारीमुनी ग ३ च १६२ नम्बर राखेर निजी बनाइएको गाडी उनलाई लिन आइतवार पोखराबाट काठमाडौं आएपछि गाडीको दुरुपयोग र भ्रस्टाचार छर्लंग भएको हो।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।
तपाईको प्रतिक्रिया