‘नेपालका लागि नेपाली अभियान’ का संस्थापक तथा भ्रस्टाचार बिरोधी प्रखर अभियन्ता ज्ञानेन्द्र शाहीलाई आज प्रहरीले पक्राउ गरेको छ।
आज ललितपुरको हरिहरभवनमा पत्रकार सम्मेलनमा पत्रकारको भेषमा त्रिचन्द्र क्याम्पस अनेरास्वबियु इकाइ अध्यक्ष गोबिन्द थपलियाको नेतृत्वमा आएको टोलीले अभद्र व्यवहार सहित शाही माथि हातपातको प्रयास गरेका थिए, त्यस लगत्तै शाहीका पक्ष र त्रिचन्द्रबाट आएका बिद्यार्थी नेताहरु बिच हात हालाहाल भएको एक प्रतक्षदर्शीले बताए । उनको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी निरीक्षक माधव केसीको टोलीले उनलाई पक्राउ खोज्दा ज्ञानेन्द्र शाहीले पक्राउ पूर्जी मागेका थिए । झडपमा ज्ञानेन्द्र शाही तथा प्रहरी निरिक्षक माधब केसीलाई चोट लागेको छ।
ज्ञानेन्द्र शाहीको अर्को भिडियो जसमा उनीमाथि हातपातको प्रयास गरिएको छ :
त्यसको बिरोधमा ज्ञानेन्द्र शाहीले यस्तो फेसबुक पोस्ट गरेका थिए :
आज मिति २०७६ भाद्र२९ गते नेपाल का लागि नेपाली कार्यलय पुल्चोक मा गरियेको पत्रकार सम्मेलनमा त्रीचन्द्र क्याम्पस को अनेरास्वबियु इकाइ अध्यक्ष गोबिन्द थपलियाको नेतृत्वमा आयेको टोलिले नक्कली पत्रकार हु भन्दै अभद्र व्यवहार सहित गालिगलोज प्रस्तुती सहित आक्रमण गरि अभियन्ता ग्यानेन्द्र साही लगायत उपस्थित पत्रकार र अन्य अभियन्ताहरु लाई हातपात गरि अपहरण सैलिमा ग्यानेन्न्द्र साहिलाइ पक्राउ गरियेकोछ। सो को बिरोध तथा रिहाइ माग को कार्यक्रम आज माइतिघर मण्डला मा ५ बजे राखियेको छ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया