२९ भाद्र २०७६, आईतवार १०:३४  

पात्र र प्रबृत्ति

मेक्सिकोमा दुई महीना अघि एक मन्त्रीले राजीनामा गरिन कारण नेपालको जस्तै थियो। बामपन्थी समर्थक रास्ट्रपतिको सरकारमा वातावरण मन्त्रीको भूमिका निभाईरहेकी मन्त्री जोसेफा गोन्जालेज कुनै कार्यक्रममा पुगेर फर्किन लागेकी थिईन , बाटोमा सडक जाम भयो , त्यसपछि ३८ मिनेटको लागि सरकारी एयरलाइन्सकोपाइलटलाई फोन गरेर रोकिन उनको निजी सचिबले आग्रह गरे , फ्लाइट ३८ मिनेटले “डिले” भयो , त्यसपछि प्रतिक्षारत यात्रुहरुले आक्रोश व्यक्त गरे जुन सामाजिक संजालमा भाइरल हुन् पुग्यो , आफ्नो कारणले गर्दा चर्चित र लोकप्रिय राष्ट्रपति नै अलोकप्रिय हुने डरले वाताबरण मन्त्री जोसेफा गोन्जालेजले मन्त्री पदबाट तुरुन्त राजीनामा गरिन्।

मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज

नेपालमा पनि अहिले ठीक त्यस्तै खालको घटना दोहोरिएको छ। नेपालमा पनि अहिले बामपन्थी शासन छ, नाममा बामपन्थी तर काममा खामपन्थी , यो सरकार र मन्त्रीलाई लाज पचिसकेको छ , यस्ता सानातिना घटनामा राजीनामा त के माफी माग्नुपर्छ भन्ने पनि चेत छैन। हाम्रा मन्त्री योगेश भट्टराई डल्फीन सम्बन्धी कार्यक्रममा भाग लिन टीकापुर गएका थिए , कार्यक्रममा ढिलाई हुँदै गएपछि मन्त्रीको ठाडो आदेशमा फ्लाईट एक घण्टाले ढिलो भयो। जहाजमा त्यति धेरै यात्रुहरु एकजनालाई ढिलो भयो भनेर रोक्किनु गलत हो , ती यात्रुहरु मध्ये कतिलाई इमर्जेन्सी हुन् सक्छ , कति बिरामी हुन् सक्छन् , कतिलाई समयमा नै काठमाडौँ आएर बासको प्रबन्ध गर्नुपर्ने होला , तर मन्त्री आफु एकजनाले बैकल्पिक व्यवस्था गर्नुको साटो समस्त यात्रुलाई लामो समय कुराउनुलाई कुनै एङ्गलबाट पनि सही ठहर्याउन सकिन्न।

मन्त्रीसंग आक्रोशित जनता

जनता सबैतिरका प्राय उस्तै हुन् , मेक्सिकोमा जस्तै नेपालमा पनि जनता आक्रोशित भए तर हाम्रा नेताले राजीनामा त निकै परको कुरा उल्टै जनतालाई राजाबादी र सामन्ती भनेर आरोप लगाए। त्यसै देश पछि परेको छ ? त्यसै देश भ्रस्टाचारको दलदलमा फसेको छ ?? मन्त्री नेता त उस्ता नै भए , तर सामाजिक सन्जालमा सरकारको बचाऊ गर्न पालिएका हनुमानहरु देख्दा अझ ताज्जुब लागेर आउँछ , तिनीहरु आफ्ना नेतासंग मिलेर स्याल हुंईया मच्चाउदै छन् र भन्दैछन् , यो सब गणतन्त्र बिरोधी कुरा हो , यदि नेताहरुको यस्तो गलत कामको बिरोध गर्दा र लेख्दा गणतन्त्र बिरोधी भईन्छ भने सबै जनतालाई गणतन्त्र बिरोधीको ट्याग लगाईदिए हुन्छ।

नेपाल देशको अभिशाप भनेका भ्रस्टाचार र गलत काम गर्ने नेतामात्र हैनन् , अझ गलत त “आफ्नो दलको” नेताले जतिसुकै गलत गरे पनि सही भनेर छोप्न अघि तम्सनेहरु हुन् , आफ्नो देश र सन्ततिको भविष्यको लागि यस्ता हनुमानेहरुलाई जनताले गाउँ शहर र टोल टोल बाट बहिस्कार गर्नु आवश्यक छ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ