एडिस एजिप्टी नामको लामखुट्टेले सार्ने यो एक प्रकारको महामरीजन्य रोग हो।
यस रोगको सही उच्चारण के हो त ? English मा Dengue भनिने यस रोगलाई हामी मध्ये धेरैले डेंगु भन्ने गर्दथ्यौं तर बास्तबमा यस रोगको सही नाम डेंगी हो , Oxford English Dictionary देखि Merriam Webster Dictionary ले यस रोगको उच्चारण स्पस्ट रुपले डेंगी उल्लेख गरेको छ।
रोगको सही नाम र जानकारी नभए रोगको प्राथमिक उपचार र रोकथाम गर्न गाह्रो हुने गर्दछ। यो रोग ५ प्रकारका भाइरसका कारण लाग्ने गर्दछ। विश्वमा हरेक साल ५ करोड देखि ५३ करोडसम्म मानिसहरु यस रोगको शिकार हुने गर्दछन् , बिशेष गरी गर्मी र पानी जम्ने ठाउंमा लाग्ने यस रोगका कारण बर्षेनी ५ लाख भन्दा धेरै व्यक्ति अस्पताल भर्ना हुने गर्दछन् भने लाखौ व्यक्ति अकालमा मर्न बाध्य हुने गर्दछन्। यो रोग लाग्दा निकै ज्वरो आउने र जीउ मुख्यतया हात खुट्टाका जोर्नी तथा ढाड दुख्ने गर्दछ। ज्वरो घटाउनको लागि सिटामोल प्रयोग गर्न सकिन्छ तर जीउ दुख्यो भनेर ब्रुफिन , एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधी खाने हो भने डेंगीले तुरुन्त ज्यान पनि लिन सक्दछ। यो रोग लाग्दा हाम्रो शरीरको प्लेतेलेटहरु कम भएर यसै रगत पातलो हुने गर्छ अझ त्यसमाथि ब्रुफिन जस्ता औषधी खाने हो भने तुरुन्त ज्यानै जान सक्ने खतरा रहेको डाक्टरहरु बताउछन्। तर सिटामोल खाने र आराम गर्ने हो भने यो रोग केही दिनमा आफैं निको भएर जाने डाक्टरहरु बताउँछन्।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया