नेपालमा प्राय यस अघि नदेखिएको रोग डेंगी ज्वरो यस पटक देशका ५३ जिल्लाहरुमा देखिन थालेपछि यसको नियन्त्रणक लागि सरकारी स्तर बाटै गुरुयोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता आएको छ तर अहिलेसम्म यसको लागि सरकारले खासै केहि गरेको देखिंदैन। लामखुट्टेको टोकाईबाट सर्ने यस रोगका कारण तीन बर्ष अघि भारतको राजधानी नयाँ दिल्लीमा १७ हजार पांच सय व्यक्ति प्रभावित हुन् पुगेका थिए। तर अहिले नयाँ दिल्लीमा डेंगुको प्रकोप नगन्य रहेको छ।

यसरी गरिएको थियो भारतमा डेंगु नियन्त्रण
भारत सरकारको आव्हान अनुसार बस्ती र शहरभित्र पानी जम्ने खाल्डोहरु पुरिएको थियो। लामखुट्टे बस्ने र बस्न सक्ने ठाउँहरुमा रासायनिक विधिद्वारा लामखुट्टे मारिएको थियो। दीर्घकालीन रुपमा डेंगु नियन्त्रण गर्नको लागि मत्स्यपालनलाई जोड दिईएको थियो। माछा लामखुट्टेको प्राकृतिक दुश्मन हो , माछाले लामखुट्टेको लार्भालाई नियन्त्रण गर्दछ , यसरी एकीकृत नियन्त्रण प्रणाली अपनाएर भारतले डेंगी रोग माथि नियन्त्रण कायम गरेको थियो। नेपाल सरकारले पनि यस्तै रुपमा अगाडी आउनु पर्ने आवस्यकता महशूस गरिएको छ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया