कश्मीरको बिबादित क्षेत्र पूर्वी उद्दाखमा भारत र चीनका सेनाबीच झडप भएको छ । बीबीसीले जनाए अनुसार बुधबार धेरै बेरसम्म झडप भएको थियो।
काश्मीरको केही क्षेत्रमा भारत र पाकिस्तान मात्र हैन , चीन र भारत बिचमा समेत सीमा बिबाद रहेको छ। गस्ती गर्दै रहेको भारतीय सैनिकसँग चिनियाँ सैनिकको झगडा भएको थियो । आफ्नो नियन्त्रण रहेको काश्मीरसंग सीमा जोडिएको क्षेत्रमा भारतीय सेना पसेको भन्दै चिनीया सेना आक्रोशित बनेको थियो। घटना भएको स्थलको भूभाग चीन सरकारको नियन्त्रणमा पर्छ । झडप पछि भारत र चीन दुबैले उक्त क्षेत्रमा सैनिक उपस्थितिलाई बाक्लो बनाएका छन्।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया