काठमाडौं, भदौ २६ । सरकारी वकिलले रबि लामिछानेलाई पुर्पक्षको लागि थुनामा राखी अनुसन्धान गरि पाउँ भन्दै उच्च अदालतमा निबेदन गरेसंगै रविलाई दशैँ अगाडी थुन्ने सरकारी वकिलको प्रयास स्पस्ट देखिएको छ।
यसबारेमा एक हप्ता भित्रैमा अदालतको आदेशमा सुनुवाई हुने बिश्वास गरिएको छ। सुनुवाईपछि निवेदनबारे उच्च अदालतले आदेश दिनेछ ।अहिलेको अवस्थामा चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रबि धरौटीमा रिहा भएका थिए । रिहाको विरुद्धमा चित्त नबुझेको भन्दै सरकारी वकिल निवेदनसहित उच्च अदालत पुग्यो । उनीविरुद्ध फैसला भए अनुसन्धान कै लागि भनेर पनि दशैंको मुखमा चितवन कारागार चलान हुने सम्भावना रहन्छ । रबि लामिछानेको पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन् तर उनले मुद्दा सम्बन्धमा चुक्क बोल्न पाउने छैनन् तथा बिदेशमा कार्यक्रम गर्न पनि उनले पाउने छैनन्।
यसैबिच रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने अमेरिका बाट नेपाल आउँदैछिन् । उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने बुझिएको छ ।
उनी आउने बारे केही खुलाइएको छैन। तर उनले छोरीहरुलाई नेपाल नल्याउने बताईएको छ। बैधानिक रुपले सम्बध बिच्छेद भै सकेकी उनले बाराम्बार रविको बिरुद्दमा बोल्नुलाई सबैले आशंकाको रुपले लिएका छन्। बिदेशमा उनको प्रेमी रहेको र प्रेमी संग रोमान्स गर्दै गरेको भिडियो केहि समय अघि YouTube मा ट्रेण्डिङ्गमा आएको थियो।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया