सन् २०२० मा आयोजना हुन गैरहेको यूरो कपको छनोट खेलमा स्पेनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । स्पेनका खेलाडीले रेड कार्ड भेटे पछि जम्मा १० जनाको टीमले रोमानिया संग खेले पनि स्पेनले खेल जित्न सफल भएको थियो।

खेलको २९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २-० ले अगाडि राखे ।
रोमानियाको मैदानमा भएको खेलमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक–एक गोल गरे । रोमानियाका लागि फ्लोरिन इन्डोनले एक गोल फर्काए ।
५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २-१ काे अवस्थामा पुर्याए । ७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो । तर त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल भएन र स्पेनले २–१ को जित निकाल्यो ।
यो जितसँगै समूह एफ मा स्पेनले अपराजित यात्रा कायम राख्न सफल भएको छ । यो छनोट चरणमा स्पेनको पाँचौं जित हो । स्पेनले ५ खेलबाट १५ अंक प्राप्त गरेको छ । स्पेन अहिले बरियताक्रममा शीर्ष स्थानमा रहेको छ । ५ खेलमा ७ अंक जोडेको रोमानिया अहिले चौथो स्थानमा रहेको छ ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया