१९ भाद्र २०७६, बिहीबार १७:३३  

काठमाडौँ, १९ भदौ । मेलम्ची खानेपानी आयोजनामा पीडित र प्रहरीबिच आज झडप भएको छ । झडपका क्रममा ५ राउन्ड अश्रुग्यास प्रहार गरिएको र केहि व्यक्तिहरु घाईते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताए ।

मेलम्चीमा झडप

पहिलेको ठेकेदार सीएमसी बाट भुक्तान नपाएका मजदुरहरु , सहायक निर्माण कम्पनी र सामानका सप्लायर्सहरुले आफुले पाउनु पर्ने बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई प्रवेश नदिने भन्दै मेलम्ची पीडितहरुले आन्दोलन गरेको आन्दोलनकारी पक्षले बतायो। 

बिभिन्न कारणहरुले गर्दा पहिलेको इटालियन ठेकेदार कम्पनी सीएमसी मुरातोरी आयोजनाबाट बाहिरिएपछि केही समय अघिमात्र सरकारले सिनो हाइड्रो नामको कम्पनीलाई बाँकी कामका लागि जिम्मा दिएको थियो । आयोजना पीडितहरूले स्पस्ट रुपमा समिति बनाएर प्रतिवेदन दिएको अवस्थामा पनि पिडितहरुको समस्या बुझ्नको लागि सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालय तथा खानेपानी मुहान क्षेत्र नजीक अम्बाथानमा आजदेखि पीडितहरूले शान्तिपूर्ण रुपमा धर्ना सुरु गरेका हुन् । 

पहिलेको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्सको करिब २० करोड, आयोजनामा काम गर्ने सात सय कामदारको ज्याला जम्मा दस करोड, नेपालका सहायक ठेकेदार र सप्लायर्सहरूको डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । इटालियन प्रतिनिधिहरूले आफुले खाएको खाना खाजाबापतको र मोबाइल रिजार्च कार्डको रकमसमेत क्यान्टिनमा भुक्तानी गरेका छैनन् । 

सोहि रकम र क्षतिपूर्ति खोज्दै स्थानीयबासीहरु र पिडित पक्षहरु आन्दोलित भएका हुन् । दुइ वर्ष अघि नै दशैंमा सकिएर धारामा पानी आउने भनेको मेलम्चीमा दुइ साल पछिको दशैँ आउन दुइ महीना अघि झडप शुरु हुँदा आयोजनाको भबिश्य अन्यौलमा परेको छ। मेलम्ची समयमा नआउदा खानेपानीको हाहाकार बढेको छ र ट्यांकरवालाहरुले पानीको मूल्य बढाएका छन्।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ