१९ भाद्र २०७६, बिहीबार १६:००  

बिशेष अदालतले घुसकाण्डमा दोषी ठहर्याएका पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की आज जेल चलान भएका छन् । नेकपाको भातृ संगठन किसान संगको नेतृत्वमा रहेका उनी बामदेबका बिशेष निकट मानिन्छन्।

डीबी कार्की

अदालतको फैसलापछि पनि फरार रहँदै आएका स्याङ्जामा स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) को टोलीले आज बिहान मैतीदेवीमा पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको पुनः आदेश पछि कार्कीलाई आजै जेल चलान गरिएको सिआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । उनलाई अहिले कारागार कार्यालय डिल्लीबजार पठाइएको छ। घुस काण्डको अध्ययन पछि सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले निज कार्कीलाई रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।आज भन्दा दश वर्ष अघि विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको इन्स्पेक्टरमा नोकरी लगाइदिने बहानामा रकम लिइ डीबी कार्कीका सहयोगी स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महीना कैद र बिगोबमोजिम रु एक÷एक लाख जरिवाना हुने फैसला सुनाएको थियो । प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभाका सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । त्यसपछि डिबी कार्की फरार रहँदै आएका थिए।

करोडौं र अरबौं भ्रस्टाचारमा मौन रहने सरकारले साना माछा चाहिं समातेको बताउछन मानिसहरु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ