काठमान्डौ , आज चर्चित पत्रकार, भ्रस्टाचार बिरोधी अभियन्ता तथा टेलिभिजनकर्मी रबि लामिछानेको जन्म दिन परेको छ, अहिलेका चर्चित तथा सर्बप्रिय संचारकर्मी रवि लामिछानेको जन्म (१९७४-०९-०५) अर्थात सेप्टेम्बर ५ का दिनमा भक्तपुर जिल्ला स्थित अति रमणीय स्थान नगरकोटमा भएको थियो। उनी अहिले ४५ बर्ष भएका छन्।

बरिस्ट रेडियो पत्रकार तथा समाचारवाचक हरिशरण लामिछानेका भाई रबि लामिछाने शुरुका बर्षहरुमा संगीत तथा चलचित्र सम्बन्धी बिषयमा कार्यक्रम चलाउँथे। जिन्दगीका केही बर्ष अमेरिकामा बसेका लामिछानेले सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरीति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणीय छन । उनको साथमा करौडौ जनता छन्। रबि लामिछानेलाई जन्म दिनको हार्दिक शुभकामना।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया