१९ भाद्र २०७६, बिहीबार ०९:३३  

साङ्हाई (चीन) । चिनियाँ प्रविधि कम्पनी हुवावेईले अमेरिकाले साइबर आक्रमण तथा आफ्ना कर्मचारीलाई धम्की दिने काम गरेको आरोप लगाएको छ । हुवावेईले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो व्यवसायमा नोक्सानी पुर्‍याउन यथासम्भव प्रयास गरेको बताएको हो । 

यस वर्ष अमेरिकाले हुवावेईलाई व्यापारिक कालोसूचीमा राख्ने निर्णय गरेको थियो । तर, उसले लगाएको आरोपको पुष्टि भने दिन सकेको थिएन । अहिले अमेरिका–चीन व्यापारयुद्ध चलिरहेको अवस्थामा हुवावेई उक्त विवादको केन्द्रमा देखिएको छ । 

मंगलवार हुवावेईले जारी गरेको विज्ञप्तिमा अमेरिकाले अवैध रूपमा आफ्ना कर्मचारी पक्राउ गरेको र आफ्नो आन्तरिक सूचना प्रणाली ह्याक गर्न साइबर आक्रमण गरेको उल्लेख छ । साथै, अमेरिकी गुप्तचर संस्था एफबीआईका एजेन्ट आफ्ना कर्मचारीको घरमा गएर उनीहरूलाई कम्पनीको सूचना संकलन गर्न दबाब दिने गरेको उल्लेख गरिएको छ । 

हुवावेईले अमेरिकाको यस कार्यको भर्त्सना गरेको छ । व्यवसायमा अब्बल देखिएसँगै अमेरिकाले आफूलाई दबाउन यस्तो कदम चालेको हुवावेईको आरोप छ । यस विषयमा अमेरिकाले भने आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । 

यसअघि अमेरिकाको न्याय मन्त्रालयले हुवावेईको स्मार्टफोनको क्यामेरामा पेटेन्ट चोरीबारे अनुसन्धान गरिरहेको प्रतिवेदन सार्वजनिक भएको थियो । तर, हुवावेईले भने सो आरोप गलत रहेको बताएको छ । 

अमेरिका–चीन व्यापारयुद्धमा हुवावेईलाई एक प्रमुख कारकको रूपमा हेरिएको छ । अमेरिकाले हुवावेईका उत्पादनमा राष्ट्रिय सुरक्षा जोखिम रहेको बताउँदै आएको छ । उसले हुवावेईले चिनियाँ सेनाका लागि जासूसी गर्ने गरेको आरोप लगाउँदै आएको छ । हुवावेईले भने आरोपको खण्डन गर्दै आएको छ । चीन सरकारसँग कुनै पनि सम्बन्ध नरहेको हुवावेईको भनाइ छ ।

विभिन्न एजेन्सीको सहयोगमा

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ