२ भाद्र २०७६, सोमबार १०:४४  

अहिले रबि लामिछाने जबरजस्ती रुपमा जेलको छिंडीमा जाकिएका छन् , नेपालमा हिरासतलाई पनि जेल भन्ने गर्छन जनताहरु, किनभने अदालतमा प्रमाण नपुगेका र प्रमाणले कहिल्यै जेल कोच्न नसक्ने व्यक्तिहरुलाई अनुसन्धानको लागि भन्दै प्रहरीले पक्रिन्छन र हिरासतको म्याद थप्दै मानसिक यातनाका साथ् राख्छन।

भ्रस्टाचार मौलाएको र पुलिस प्रशासन बौलाएको आम देशहरुमा हुने यो नियमित प्रक्रिया जस्तै हो , बिश्वब्यापी रुपमा भ्रस्टाचारको मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई दक्षिण एशिया कै दोश्रो भ्रस्टाचार हुने देशमा राखेको थियो, अब संघियता र ओली सरकार शुरु भएसंगै यो अहिले प्रथम स्थानमा पुगिसकेको छ , बधाई छ जनतालाई भ्रस्टाचारमा प्रथम स्थान प्राप्त गर्ने नेता, प्रहरी र शासकहरु रहेको देशको नागरिक हुन् सफल भएकोमा। ३३ किलो सुन तस्करीको छानबीन शुरु हुन्छ, एकदुई जना गोरे काले करेन्ट लगाएर मारिन्छन, घटनाको गहन अनुसन्धान हुन्छ, अनि लास्टमा फाइल गएर प्रधानमन्त्रीको दराजमा थन्किन्छ र कहिल्यै बाहिर निस्कन्न कारण प्रधानमन्त्री निकटको व्यक्ति पो रहेछ ३३ किलो सुनको हर्ताकर्ता। निर्मला काण्ड होस् कि वाइड बडी घोटाला, मेलम्चीमा भ्रस्टाचार होस् कि अरु अरु यस्ता कति कति , देश यसै बन्छ संसारकै धेरै भ्रस्टाचार हुने देश ?

नेपालमा जो कसैलाई सोध्नुस , सबैभन्दा धेरै घूस खाने सरकारी निकाय कुन हो भनेर ? जनताले निर्धक्क भएर भन्छन् ” यातायात र पुलिस।” सुडान घोटाला , शान्तिसेनामा जानको लागि चलखेल र घूसखोरी आदि त प्रमाणित भैसकेका र भ्रस्टाचारी पुलिसले जेल भोगिसकेका घटना हुन् , प्रमाणित हुन् बाँकी रहेका र प्रमाणमा नै नरहेका घटनाहरु त कति छन् कति। पैसा र पावर भए पछि पुलिस प्रयोग गरेर जे पनि गर्न सकिन्छ नेपाल जस्तो भ्रस्टाचारले गाँजेको देशमा। केही समय अघि मात्र YouTube मा फिलिमको समिक्षा राखेको आरोपमा प्रनेश गौतमलाई पुलिसले हिरासतमा राख्यो , पछि अदालत लैजाने प्रमाण पुगेन भनेर छोडिदियो, प्रनेशले पाएको मानसिक र शारीरीक यातनाको क्षतिपूर्ति कसले दिने ? ती र त्यस्ता घटना त कति छन् कति प्रकाशमा आउन नसकेर अँध्यारो कुनामा थन्किएका।

जहाँ रावण हुन्छ, त्यहाँ राम पैदा हुन्छन , जहाँ कंसको राज हुन्छ, त्यहाँ मथुराको जेलको छिंडीमा आधिरातमा कृष्ण पैदा हुन्छन र गलत तत्वलाई नस्ट गर्छन । त्यसरी नै देशको यस्तो भ्रस्ट परिस्थितिमा रबि लामिछाने ,हरिबहादुर थापा , अपील त्रिपाठी जस्ता भ्रस्टाचार बिरोधी अभियन्ताहरु पैदा भैरहेका छन् , तिनीहरुमा पनि सबै भन्दा प्रभावशाली बनेर आइरहेका थिए रबि लामिछाने , बैदेशिक रोजगारीमा देश तथा बिदेशमा ठगिनेहरु, मालपोत राजस्व कार्यालय आदिमा ठगिनुपर्नेहरु , पुलिसलाई घूस नखुवाई काम नभएर हैरान हुनेहरु सबैका आशाका दीप थिए , छन् र रहिरहनेछन् रबि लामिछाने।

के रविलाई छानबीन गर्नै नहुने हो ?

अहिले सामाजिक संजालमा भ्रस्ट नेताको जुठो पुरो खाएर भजन गाउनेहरु लेख्छन ‘ के रबि माथि छानबीन गर्न नपाउने हो ” ? तर कुरा यस्तो हो , यस्तो रहस्यमय हत्याकाण्डमा के छानबीन गर्नुपर्ने रबि लामिछानेलाई मात्रै हो ? ” प्रहरीले मुचुल्का उठाउँदा यातना दिएर हत्या भएको भनिएको छ, पछि एडिट गरिएको भिडियोमा आत्महत्या भनिएको छ। अब लाटोले पनि सोझो दिमागले हेर्दा घटनामा केही न केही कैफत देख्न सक्छ। एउटा टेलिभिजन प्रस्तोता जस्तो व्यस्त सेड्युल भएको व्यक्ति रबि लामिछाने जसले हर समयमा हर प्रकारले प्रहरी अनुसन्धानलाई सहयोग गर्छु भनेर बाचा गरिरहेका थिए , उनलाई टेलिभिजनको अफिसभित्र पसेर छापामार शैलीमा चितवनको हिरासतमा राख्नुले प्रहरी लगाएर कोही न कोहीले दुख दिने बदनियत राखेको बुझ्न कसैलाई कुनै गाह्रो पर्दैन।

घटनाको राजनीतिक प्रभाब

निर्मला हत्याकाण्डमा प्रहरीले गरेको मूर्खताको परिणाम स्वरुप ओली सरकार जसरी बदनाम छ , यो घटनाले ओली सरकारको लाज ढाक्ने एकसरो लगौंटी पनि उतारिएर जनतासमक्ष कम्युनिस्ट सरकार निर्लज्ज हुने निश्चित छ।

निर्मला काण्डमा डिल्लीराज बिस्ट नेतृत्व प्रहरीले जनताको गाडी फोडीरहेको छ,मोटरसाइकल लडाईरहेको छ

अहिले रबि माथि अत्यधिक बल प्रयोग गर्ने चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल पहिले प्रचण्डको बडी गार्ड रहनु , प्रचण्डको छोरी भोट च्यातेर भए पनि चितवन मेयर रहनु र प्रचण्ड समर्थक अनलाइन तथा दिल निशानी जस्ता प्रचण्डका हनुमानहरु एकोहोरो रुपमा रबि बिरुद्द खनिनुले यसमा प्रचण्डको प्रमुख रोल भएको तथ्य छर्लङ्ग हुन्छ। घटनाको जुन स्केलमा जनस्तरबाट तीब्र बिरोध भैरहेको छ त्यसबाट प्रचण्डलाई आफ्नो चुनाबी क्षेत्र चितवनमा अर्को चुनाबमा जित्न निकै समस्या पर्ने देखिन्छ, उनकी छोरी रेणु दाहाललाई त जति भोट च्याते पनि अर्को चुनाब जित्न असम्भब नै देखिन्छ भ्रस्टाचार , प्रहरी प्रशासनको बिरुद्दमा चितवनको सडकमा ओर्लिएका जनताको माहौल देख्दा।

कतिपय व्यक्तिहरु सोच्छन् , अहिले त त्यो रबि मात्र जेल परेको छ, हामीलाई के मतलब , फेसबूकमा रमिता हेरेर बस्ने हो , तर कुरा ” बुढी मरी भन्ने हैन , काल पल्क्यो भन्ने हो ” त्यो कालले भोलि तपाइँ , हामी सबैलाई लैजान सक्छ। त्यसैले सबैजना सचेत बनौं। भ्रस्टाचार र पुलिस ज्यादतीको बिरोध गरौँ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ