१ भाद्र २०७६, आईतवार ०९:१६  

पत्रकार शालिकराम पुडासैनीको कथित आत्महत्याको छानबीनको क्रममा अहिले चितवन जिल्ला प्रहरी कार्यालय र बिशेष गरी प्रमुख दान बहादुर मल्ल सक्रियताका साथ् लागिरहेका छन। यसरी समयमा नै प्रहरीबाट सक्रियता आउनु निकै सुखद पक्ष हो तर छानबीनको जसरी जनस्तरबाट नै ब्यापक आलोचना हुँदै गएको छ र आलोचना झन् झन् बढ्दै छ त्यसले सरकार र प्रहरीको अलोकप्रियता बढाउने निश्चित छ। निर्मला पन्तको बलात्कार पछिको हत्याको छानबीन गर्दा प्रहरीले जुन खालको रबैया देखायो , जुन तरीका अपनायो, त्यसको कारण सरकारको साख गिर्न पुग्यो , डिएसपी डिल्लीराज बिष्ट सहित धेरै प्रहरी अधिकारीहरुले जागीर र इज्जत गुमाउनु पर्यो। निर्मलाको बलात्कार गर्न डिल्लीराज बिष्टको हात होला वा नहोला तर उनले गरेको छानबीनको तरिकाले गर्दा डिल्लीराजलाई अझै पिडित हुनु परिरहेको छ। त्यतिबेलाको प्रहरी ज्यादती र पुलिसको बदमासी देखाउने एक भिडियो यहाँ तल राखिएको छ जसमा प्रहरीहरु स्वयमले रोकिराखेको एम्बुलेन्सको शीषा फोडेका छन्, मोटरसाइकलमा इट्टा प्रहार गरेका छन् र मोटरसाइकललाई लात्तीले हानेर लडाएका छन्। प्रहरीहरुले कुखुरा चोर देखि पागलहरू सम्मलाई दोषी भनेर देखायो तर जनताले जवाफ मागे “के पुलिसले गाडी फोडेको र मोटरसाइकल लडाएको त्यही पागल र कुखुरा चोरहरुलाई ढाकछोप गर्नका लागि हो ” ?

निर्मला काण्डमा डिल्लीराज बिस्ट नेतृत्व प्रहरीले जनताको गाडी फोडीरहेको छ,मोटरसाइकल लडाईरहेको छ

त्यस्तै खालको रबैया देखाउन थालेको छ दानबहादुर मल्लको नेतृत्वमा चितवन प्रहरीले। हत्या हो कि आत्महत्या भनेर जनताले प्रश्न सोधिरहेको बेला पोस्टमार्टमको रिपोर्ट आउनु अघि नै भिडियो सार्बजनिक गरेर प्रहरीले कमजोरी मात्र हैन ठुलो बदमाशी गरेको छ ,लाशको छेउमा रहेको मोबाइलमा खिचिएको भनेको भिडियोको बिस्तृत छानबीन नगरी जथाभाबी भिडियो एडिट गरेर आफु निकट पत्रकारलाई सुटुक्क दिने काममा साइबर अपराध पनि आकर्षित हुन् सक्छ , तर एक टिभी संगको अन्तरबार्तामा डिएसपी मल्लले आफुले भिडियो सार्बजनिक नगरेको भनेर पानी माथिको ओभानो बन्न खोजेका छन् , यदि उनको त्यो कुरा पत्याउने हो भने त कुरो झन् गम्भीर छ , लाशको स्वामित्वमा रहेको मोबाइल फोनबाट कसले र कसरी भिडियो YouTube मा अपलोड गर्न पुग्यो ? जनताहरुले सरासर “आत्महत्या हैन बकपत्र गराएर , लेखेको पढ्न लगाएर अन्तिममा हत्या गरिएको आरोप लगाइरहेका छन् “, भिडियो आफसेआफ YouTube मा अपलोड हुनुले यही कुरा पुष्टि गर्दैन र ? यदि यतिबेला कसैले दानबहादुर मल्ल बिरुद्द साइबर अपराधमा अदालतमा केश गर्यो भने र अदालतले फैसला गर्यो भने उनी पनि प्रहरी सेवाबाट डिल्लीराज बिष्टहरु जसरी नै निलम्बित हुने पनि सम्भावना रहेको छ।

रबि लामिछाने समर्थकहरु प्रदर्शन गर्दै

त्यस्तै चितवन प्रहरीले गरेको अर्को गल्ती भनेको अत्यधिक बल प्रयोग र पदको दुरुपयोग हो , न्यायशास्त्रमा प्रहरीको भूमिका भनेको शंकास्पद व्यक्तिलाई लगेर अदालत समक्ष प्रस्तुत गर्नु मात्र हो। त्यो भन्दा बेगर यदि प्रहरीले अनावश्यक शक्ति प्रयोग गरेमा उनीहरुको बिरुद्दमा मानब अधिकार उल्लङ्घनका गम्भीर कानूनी प्राबधानहरु रहेका छन् जसमा कुनै गल्ती हुन् पुगेमा प्रहरीमाथि नै अदालतमा उजुरी पर्ने र कारबाही हुने पनि ब्यबस्था रहेको हुन्छ, त्यसैले लोकतान्त्रिक समाजमा प्रहरीले कम भन्दा कम बल प्रयोग गरेर, कम दुख दिएर धेरै उपलब्धि हाँसिल गर्नु पर्ने मान्यता राखिन्छ, रबि लामिछानेले हरेक पटक प्रहरीको अनुसन्धानमा जहाँ जुनसुकै ठाउमा भए पनि आफुसंग केही सूचना र सामग्री छ भने प्रहरी अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर भनिरहेकै थिए, उनलाई त छापामार शैलीमा टेलिभिजनको अफिसबाटै पक्राउ गरेर केही घण्टा सोधपुछ गरे हुनेमा एक हप्तासम्म हिरासतमा थुनछेक गर्ने बाटो लिएको छ प्रहरीले त्यो पनि रातारात चितवन लगेर काराबासमा राखेर , रबि लामिछानेले भ्रस्टाचारीको बिरुद्द “जेहाद ” छेडेको कारण उनीसंग सरकारमा रहेका ठुलाबडाहरु खुशी छैनन्। त्यसैले यो मौकालाई रविको बदनाम गर्नको लागि प्रहरीलाई प्रयोग गरिएको आशंका गर्छन रबिका समर्थक प्रदर्शनकारीहरु।

रविको क्रेज अझ बढ्दो छ

कानूनी रुपमा नै गयो भने पनि रबि लामिछाने माथि खासै ठुलो कारबाही हुने प्राबधान रहेको देखिन्न। रबि लामिछानेले प्रत्यक्ष रुपमा हतियार प्रयोग गरेर मारेका छैनन् , न त उनले धाकधम्की दिने थुनछेक गरेर पिडितलाई यातना दिएर आत्महत्या गर्न बाध्य पारेका नै हुन् , उसो त आत्महत्या गरिएको व्यक्तिको भिडियो आफैमा विरोधाभासपूर्ण रहेको छ , कहिले ऋणमा डुबेको भनिएको छ , कहिले करोडौंको सम्पत्ति छ भनिएको छ , बिबाह बाहिर बाहरवाली तरुनी राखेर उनलाई आफु अबिबाहित रहेको भनेर झुक्याउदै चरित्रमाथि खेलवाड गरेको स्वीकार गरिएको छ, आफु मानसिक रोगी रहेको पुष्टि गरिएको छ , एउटा मानसिक रोगीले आत्महत्या गरेकोमा कानूनी हिसाबले रविलाई यदि दोषी नै देखिए पनि जन्म कैद वा दश बीस बर्ष कैद सजायं हुने देखिन्न, सीधै प्रचण्ड र उनकी छोरीले जेलमा लगेर हाल्ने कुरा पनि सम्भब हुँदैन , अदालतमा किटानी जाहेरी पिडित पक्षले दिनुपर्यो , जुन अहिलेसम्म कसैले दिएको छैन , त्यसपछि अदालतमा बहस हुनुपर्यो फैसला हुनुपर्यो , जुन बर्षौं लाग्ने देखिन्छ र त्यसमा रविलाई कानूनी कारबाही भयो भने पनि आत्महत्या गरेको व्यक्ति स्वयम् मानसिक रोगी भएको कारण रविलाई ठुलो कानूनी कारबाही हुने देखिन्न , त्यही कारण मौका पाएको बेला उनको बेइज्जत चाहिं भरपूर गर्ने र हिरासतमा राखेर जेल परे भनेर प्रचार गर्ने आशय प्रहरीको रहेको देखिन्छ।

यसरी कसैको बेइज्जेतीको लागि प्रहरी संयन्त्रको दुरुपयोग हुनु गलत कुरा हो , लोकतन्त्रमा सबैभन्दा ठुलो कानून हुने गर्छ र सबैभन्दा शक्तिशाली जनता वा जनमत हुने गर्छ , यही हिसाबले रबि लामिछानेको पक्षमा जनमत रहँदै गरेमा र जनतालाई रबिमाथि अनावश्यक दुख दिईएको छ भन्ने लागेमा डिएसपी दानबहादुर मल्लको हालत पनि निर्मला काण्डको असफल छानबीन गरेका डिल्लीराज बिस्टको जस्तै हुने अवस्यम्भाबी छ , कुरा बिग्रदै गएमा फेरी डिल्लीराज बिस्ट जसरी नै टेलिभिजन स्टेशनमा पत्रकारको सामु दानबहादुर मल्ल रुनु पर्ने दिन नआउला भन्ने देखिन्न। मृतक लाशको साथमा भएको मोबाइल भिडियोको अनुसन्धान गर्नुपर्नेमा कसले एडिट गरेर एउटा नीजि पत्रिकाको YouTube Channel लाई वितरण गर्यो ? त्यसको जवाफ जोडदार तरीकाले खोजियो भने प्रहरीलाई निकै समस्या पर्ने देखिन्छ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

आज असोज १ गते बुधबारको राशीफल

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका


नयाँ