३१ श्रावण २०७६, शुक्रबार ०९:१४  

शालिकराम पुडासैनीले गरेको भनिएको आत्महत्या र त्यसबाट उत्पन्न परिस्थितिपछि एकाएक चर्चित भिडियो सार्बजनिक भैसकेपछि अहिले प्रहरीले रबि लामिछाने, रुकु भनिने अस्मिता कार्की र युबराज कंडेललाई पक्राउ गरेर छानबीन शुरु गरिसकेको छ। उक्त भिडियोले धेरै तहल्का मच्चायो , उक्त भिडियोको पक्ष र बिपक्षमा निकै धेरै शंका, उपशंका गरिए , स्वयम् रबि लामिछानेले टुइट गर्दै “शालिकरामलाई भ्रम परेछ ” भनेर उक्त भिडियोलाई शालिकरामको आफ्नै बिचार भएको भिडियो भनेर प्रमाणित गरिदिए।

रविको शंकास्पद टुइट

तर यो भिडियो शालिकराम आफुले खिचेको होइन , रबिलाई फ़साउनको लागि हत्याराहरुले कापीमा स्क्रिप्ट लेख्न लगाएर जबरजस्ती पढ्न लगाए र शालिक्ररामले स्क्रीप्ट पढिसकेपछि उनलाई करेन्ट लगाएर मारियो भन्नेसम्मको आशंका गरियो। शंका उपशंका गर्नेहरु त संसारभर रहेका छन् , अमेरिकामा समेत कतिपय व्यक्तिहरु अमेरिकाले चन्द्रमामा मान्छे पठाएको होइन , पृथ्वी गोलो छैन चेप्टो छ जस्ता कुराहरुमा पनि शंका उपशंका गरिरहन्छन भने नेपाल जस्तै पिछडिएको देशमा तथ्यमा भन्दा आत्मगत रुपमा शंका उपशंका गरिनु कुनै रुपमा अचम्मको बिषय होइन। तथ्यमा विश्लेषण गर्ने भन्दा कसैको समर्थक भएपछि अन्ध समर्थक हुने र बिरोधी भए पछि खेदो खन्ने नेपालीहरुको त आम प्रबृत्ति नै हो।

मृत्यु भएको २२ घण्टापछि लाश उठाइएको शालिकरामको आत्महत्या हो कि मृत्यु भनेर उतिबेला नै निकै धेरै बिबाद भएको थियो , आत्महत्या गरेको भनिए प्रमाणित नभए सम्म , लाशको पोस्टमार्टम गरेर तथ्य बाहिर नआएसम्म लाश नजलाउने अडान परिवारले लिएपछि पोस्टमार्टम पक्रिया पूरा भए पछि परिवारले लाशको शतगद गरिसकेको छ। अब भिडियो सार्बजनिक भए पछि करेन्ट लगाइयो ,मारियो, नीलडाम छ आदि आदि भनेर भिडियो मुनि कमेन्ट लेख्नु भन्दा तथ्यको बिश्लेषण गरिनु उपयुक्त हुन्छ। यदि करेन्ट लगाइएको हो भने लाश पूर्णतया कालो देखिन्छ र पोस्टमार्टममा यो तुरुन्त थाहा लग्ने बिषय हो , त्यसैले यस्ता आधारहीन भ्रममा पर्नु भन्दा तथ्यको विश्लेषण गर्नु उचित हुने गर्छ। अब लागौं यस सनसनीपूर्ण र बहुचर्चित भिडियोबारे केही प्राबिधिक कुराहरु उल्लेख गरौँ।

यी र यस्ता प्रकारका आशंकाहरु फेसबुक, टुइटर र YouTube मा भाइरल भै रहेको छ : YouTube भिडियोको कमेन्टमा राज मदन भन्ने नाम भएका व्यक्ति लेख्छन :

सालिकराम पुडासैनि काण्डमा अाशंका गर्नुपर्ने विषय हरु येस्तो देखियो !!

१) सेल्फि भिडियो रुदै खिच्दै गर्दा एक्कासी सिरानिमा सेतो तकिया आउँदा क्यामेरामा हलचल किन भयन ?

२)७ मिनेट २३ सेकेन्ड मा देब्रे साइड देखिएको हात कस्को होला ??

३) ८.४७ सेकेण्डमा सालिकरामको भन्दा भिन्न आवाज ”किन”भन्ने कसको आयो ?

४) अन्तिममा नमस्कार गरि दुवै हात जोड्दा सेल्फि कसरि भयो ? क्यामरा किन हल्लिएन ??

५) भिडियोमा लगायको कपडा र झुण्डिएको अवस्थाको कपडा कसरी फरक भयो ?

६) केहि भिडियो अलि ईडिट गरेको जस्तो छ ,वास्तविक भिडियो कता छ ?

७) भिडियो एक्कासी बिच बाट सुरु कसरी भयो ?

८) झुन्डिएको तस्बिर मा एउटा खुट्टा ले बिस्तरा मा टेकेको छ खुट्टा ले टेकि सके पछि प्राण जान्छ र ?

९) के झुन्डिनु भन्दा पहिले शालिकराम ले आफ्नै शरीर मा कुनै किसिम को प्रहार गरे त तेहा निला डाम र घाउ कहा बाट आयो ?

10) जहाँ बाट भिडियो सुरु हुन्छ त्यो भन्दा पहिले देखि नै रोइ रहेको देखिन्छ नत्र लाइब आउदा बित्तिकै तेसरी रुन सम्भव छ ??

11) भिडियो सुरु हुनु भन्दा पहिले देखि नै कसै सित बोल्दै गरेको छ त्यसको अगाडी को भाग खै ?? यो सबै बाच्न पाउछु भन्ने आश ले बोलेका हुन !! हत्याराले हरु ले यो यो भन भनेर लेखाएर घोकाएर सिकाएर बोलेको प्रष्ट शालिकराम का आँखा को त्रास ले देखाउछ !!

त्यस्तै फेसबुक कमेन्टमा  Point to be noted भन्दै रामलाल श्रेष्ठ लेख्छन :

1. महिनाको एकलाख पचास हजारको जागिर खाने मान्छे पन्ध्र हजार तलब मा किन जानू ?
2. रिणको कारणले डिप्रेशनमा गाको भए करोडौको सम्पती के को लागि ?
3. भिडियोको 8:46 मा अर्को ब्यक्तिको आवाज र हात देखिनु 
4. मृत सरिरमा चोट हरु हुनु 
5. फासिमा झुण्डिएको भन्दा नि झुण्डाइएको जस्तो देखिनु
6. माउन्टेन टेलिभिजनमा गैसकेपछि पनि रबि लामिछानेको खुलेर तारिफ र समर्थन गर्नु । 
सिधै बुझ्न सकिन्छ कि कोइ ठूलो सक्तिले रबि लामिछानेलाइ फसाउन खोज्दैछ ?? 

अब यी आशंकाहरुको बारेमा केही तथ्यगत अनुसन्धान गरौँ।

चर्चित उक्त भिडियोको शुरुवातमा नै प्रष्ट भनिएको छ , मूल भिडियोमा मृतक पुडासैनी, रबि लामिछाने , अस्मिता कार्की , युबराज कंडेल बाहेक अरुको पनि नाम उल्लेख गरिएको छ , उनीहरुको बारेमा सार्बजनिक चर्चा उछालेर मानहानी गर्नु भन्दा तिनीहरुलाई कट गरिएको आशयको कुरा गरिएको छ , यो हिसाबले भिडियो एडिट गरिएको भिडियो पोस्टकर्ताले नै स्वीकार गरेका छन्। बरिस्ट आइटी बिज्ञा दीपक घिमिरे भन्छन “यस्तो संबेदनशील भिडियोलाई कट पेस्ट गर्नु भन्दा पनि बीबीसी र सीएनएन ले जसरी भिडियो वा साउण्डलाई निकै संबेदनशील ठाउँहरुमा ब्लर गरिएको भए हुने थियो। कट पेस्ट गर्दा भ्रम उत्पन्न हुन् पुग्यो। ”

भिडियो कट गरिएको कारण भिडियोको शुरुवातमा पलंगको पछाडी काठ र नीलो भित्ता देखिन्छ , तर पछि सेतो सीरानी ल्याएर त्यसमा आड लगाएर फेरी सेल्फी लिएका छन् मृतक पुडासैनीले र दुइवटा भिडियोलाई जोडिएको छ। कमेन्टमा दाबी भए जस्तो ७ मिनेट २३ सेकेन्डमा कसैको हात देखिएको छैन ब्याकग्राउण्डमा। दुइ हात जोडेर नमस्कार गर्दा कसरी सेल्फी खिचियो भन्ने कुरा पनि अतिशयोक्ति हो , मोबाइललाई कतै अड्याएर सेल्फी भिडियो खिच्न पनि सकिन्छ।

सबैभन्दा आशंका गरिएको क्लिप भिडियो शुरु भएपछिको ८ मिनेट ४७ सेकेन्डमा बोलिएको भिन्दै टोन भएको शब्द (किन ?? ) का बारेमा चाहिं तथ्य यस्तो छ : भिडियोलाई स्लो मोसन (.75) मा राखेर सुन्दा यो आवाज प्रस्ट रुपमा शालिकराम कै रहेको छ। अरु कसैको आवाज रहेको पाइन्न। पछाडी हात देखियो , छायाँ देखियो भन्ने फगत दृष्टि भ्रमहरु मात्र हुन्। यदि आत्महत्या नभई हत्या भएको भए पोस्टमार्टम रिपोर्टले मात्र त्यसलाई क्लियर गर्न सक्दछ , शंका उपशंकाले हैन।

अब अर्का व्यक्तिले सामाजिक संजालमा राखेका शंकाहरु बारे चर्चा गरौँ ,

महीनाको एक डेढ लाख व्यवसायमा कमाउने मान्छे किन १५ हजारको जागीर खान टेलिभिजनमा जानु ? प्रश्न सुन्दा पेचिलो लागे पनि टेलिभिजनको पार्ट टाइम जब गर्न गएका देखिन्छन शुरुमा पुडासैनी, १५ हजार मात्र भए पनि पार्ट टाइम काम त्यो पनि टेलिभिजनमा , टेलिभिजन रेडियो मा काम गर्न तथा फिलिम खेल्नको लागि मानिसहरु सित्तैमा पनि गएका देखिन्छन , दामको भन्दा पनि नामको पछि दौडने गर्छन धेरै मानिसहरु। पछि चाहिं शालिकराम पुडासैनी माथि चर्को श्रम शोषण भएको देखिन्छ , जुन प्राइभेट टेलिभिजनहरुमा रोगकै रुपमा रहेको छ।

स्लो मोशनमा हेर्दा किन भनेर शालिकराम ले नै भनेका छन्

अर्को प्रश्न करोडौंको सम्पत्ति भएको व्यक्तिको कसरी बैंकमा ऋण भयो भन्ने छ , यसमा चल र अचल सम्पत्तिको कुरा देखिन्छ, घर जग्गा भएको व्यक्तिको पनि बैंकमा ऋण हुने त्यो त सामान्य कुरा हो समाजमा।

यसरी तथ्यको आधारमा विश्लेषण गर्दा पुडासैनी माथि चर्को श्रम शोषण, र मानसिक शोषण भएको देखिन्छ , यदि News 24 र रविको टीमसंग उनी सन्तुस्ट रहेको भए किन काम छोडेर अर्को टेलिभिजन च्यानल माउन्टेन टिभी मा जान्थे पत्रकार पुडासैनी ? यहाँ आत्महत्या नै गर्नु पर्ने गरि आएको बिषय चाहिं बिबाह बाहिरको परस्त्री संगको पुडासैनीको सम्बन्ध र त्यसलाई ब्ल्याकमेल गर्न खोज्ने रविको प्रयासलाई मान्न सकिन्छ। पहिले आफैले केटीसंग सल्काउने अनि त्यसैलाई इस्स्यु बनाएर फेरी मानसिक दबाब दिने काम यदि लामिछानेले गरेका हुन् भने उनी अत्यन्त तुच्छ र गलत व्यक्ति प्रमाणित हुनेछन्। तथ्यको विश्लेषण गर्दा उक्त केटीलाई अष्ट्रेलिया पठाउने र आफु dependent मा जाने चक्करमा पुडासैनीलाई चर्को पैसा खर्च गराएको पनि आशंका गर्न सकिन्छ। २३ बर्षकी श्रीमतीसँग बिबाहित व्यक्ति अस्ट्रेलिया जान पाउने आशामा परस्त्री संग जोडिन पुग्नु र त्यो सम्बन्धमा दरार आउनु र त्यसको फ्ल्याश गर्न रबिको टीमले धम्की दिनु , यस्ता कारणले पुडासैनी निकै मानसिक टर्चरमा परेर डिप्रेशनमा फसेको पनि विश्लेषण गर्न सकिन्छ।

तर अन्तिम रुपमा प्रहरीको ल्याब रिपोर्ट पछि तथ्य कुरा प्रकाशमा आउला, भिडियो सार्बजनिक गर्नेले फेरी ढंग पुर्याएर कट पेस्ट नगरी पूरा भिडियो हाल्नुपर्ने देखिन्छ। सरकारी निकाय निकै गम्भीर र संबेदनशील हुनुपर्ने देखिन्छ, यदि यो घटनाको सही सम्बोधन भएन भने यो घटना निर्मला काण्ड भन्दा पनि चर्को समस्या भएर देखिन सक्छ ओली सरकारको लागि।

By : अशोक न्यौपाने

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

आज असोज १ गते बुधबारको राशीफल

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका


नयाँ