नेपाल आज अनलाइन पोर्टल ले शालिकराम पुडासैनी को आत्महत्या अगाडी लिईएको सेल्फी भिडियो प्रकाशित भए पछि त्यसले तहल्का मच्चाएको छ। रबि लामिछाने अहिलेको समयका एकदम चर्चित पत्रकार हुन्। भ्रस्टाचार बिरुद्दमा उनले दरो आवाज उठाएको कारण उनी सर्बत्र चर्चित रहेका छन् तर बिगत केही समयदेखि उनका संदिघ्ध क्रियाकलापहरुले रबि लाई बिबादास्पद पनि बनाएको छ।

तीन , चार पटक बिहे गर्नु , घरमा श्रीमती र छोरीहरु हुँदा समेत बिदेशी महिलालाई भुँडी बोकाएर उसको समेत बिचल्ली पार्नु , अनि नेपालमा आएर आदर्शका गफ हान्नु उनको आलोचना भै रहेको छ। यी कुराहरुमा उनी चरित्रको मामलामा फसे तर अहिलेको प्रकरणमा उनी फसे भने चाहिं उनी नराम्रोसंग कानूनी लफडा मा फस्नेछन , अहिलेको अपराध संहिता अनुसार यदि उनले शालिकराम पुडासैनीलाई आत्महत्या गर्न उक्साएको प्रमाणित भयो भने उनीलाई 5 बर्षसम्म कैद सजायं पनि हुन् सक्छ त्यसपछि सम्भवत उनको करियर पनि समाप्त हुन् पनि सक्छ।
तर निकै धेरै व्यक्तिहरुले उक्त भिडियोमा देखिएका कुराहरुमा गम्भीर आशंका ब्यक्त गरेका छन। चर्चित YouTube भिडियोको कमेन्टमा राज मदन भन्ने नाम भएका व्यक्ति लेख्छन :
सालिकराम पुडासैनि काण्डमा अाशंका गर्नुपर्ने विषय हरु येस्तो देखियो !! १) सेल्फि भिडियो रुदै खिच्दै गर्दा एक्कासी सिरानिमा सेतो तकिया अाउँदा क्यामेरामा हलचल किन भयन ?
२)७ मिनेट २३ सेकेन्ड मा देब्रे साइड देखिएको हात कस्को होला ??
३) ८.४७ सेकेण्डमा सालिकरामको भन्दा भिन्न अावाज ”किन”भन्ने कसको अायो ?
४) अन्तिममा नमस्कार गरि दुवै हात जोड्दा सेल्फि कसरि भयो ? क्यामरा किन हल्लिएन ??
५) भिडियोमा लगायको कपडा र झुण्डिएको अवस्थाको कपडा कसरि फरक भयो ?
६) केहि भिडियो अलि ईडिट गरेको जस्तो छ ,वास्तविक भिडियो कता छ ?
७) भिडियो एक्कासी बिच बाट सुरु कसरी भयो ?
८) झुन्डिएको तस्बिर मा एउटा खुट्टा ले बिस्तरा मा टेकेको छ खुट्टा ले टेकि सके पछि प्राण जान्छ र ?
९) के झुन्डिनु भन्दा पहिले शालिकराम ले आफ्नै शरीर मा कुनै किसिम को प्रहार गरे त तेहा निला डाम र घाउ कहा बाट आयो ?
10) जहाँ बाट भिडियो सुरु हुन्छ त्यो भन्दा पहिले देखि नै रोइ रहेको देखिन्छ नत्र लाइब आउदा बित्तिकै तेसरी रुन सम्भव छ ??
11) भिडियो सुरु हुनु भन्दा पहिले देखि नै कसै सित बोल्दै गरेको छ त्यसको अगाडी को भाग खै ?? यो सबै बाच्न पाउछु भन्ने आश ले बोलेका हुन !! हत्याराले हरु ले यो यो भन भनेर लेखाएर घोकाएर सिकाएर बोलेको प्रष्ट शालिकराम का आँखा को त्रास ले देखाउछ !!
त्यस्तै फेसबुक कमेन्टमा Point to be noted भन्दै रामलाल श्रेष्ठ लेख्छन :
1. महिनाको एकलाख पचास हजारको जागिर खाने मान्छे पन्ध्र हजार तलब मा किन जानू ?
2. रिणको कारणले डिप्रेशनमा गाको भए करोडौको सम्पती के को लागि ?
3. भिडियोको 8:46 मा अर्को ब्यक्तिको आवाज र हात देखिनु
4. मृत सरिरमा चोट हरु हुनु
5. फासिमा झुण्डिएको भन्दा नि झुण्डाइएको जस्तो देखिनु
6. माउन्टेन टेलिभिजनमा गैसकेपछि पनि रबि लामिछानेको खुलेर तारिफ र समर्थन गर्नु ।
सिधै बुझ्न सकिन्छ कि कोइ ठूलो सक्तिले रबि लामिछानेलाइ फसाउन खोज्दैछ ??
तर नेपालीहरुमा कसैको पनि स्वतन्त्र भएर निस्पक्ष विश्लेषण गरिने चलन छैन। कि फ्यान बनेर गुणगान गर्ने कि बिरोधी भएर सत्तोसराप गर्ने आम नेपालीको चलन हो, भ्रस्टचारीलाई चुनाबमा भोट हाल्ने अनि पछि भ्रस्टाचार बढ्यो भनेर फेसबुकमा लेख्ने आम नेपालीको बानी रहेको देखिन्छ, त्यसैले त देश पछि परेको छ। यी माथिका आशंकाहरु धेरै अतिरन्जित छन् तर दुइ वटा आशंकाहरुको बारेमा भिडियो सार्बजनिक गर्नेले थप प्रमाण दिएर प्रस्ट पार्नु पर्ने देखिन्छ ,

१. सेल्फी भिडियो खिचिएको शुरुवातमा ब्याकग्राउण्डमा पलंग र भित्ता मात्र देखिन्छ तर एक्कासी भिडियोको २ मिनेट ६ सेकेन्डमा भिडियोको ब्याकग्राउण्डमा सेतो शिरानी आउँछ। त्यसले भिडियो एडिट गरिएको देखिन्छ , यति संबेदनशील भिडियोलाई एडिट गरिनु षडयन्त्र पनि हुन् सक्छ। वा कसैले भिडियो बयान पढ्न लगाएर ,डर त्रास धाक धम्की देखाएर रबि लामिछाने माथि आरोप लगाएर रुँदै बोल्न लगाएको पनि हुन सक्छ।


२. अर्को चाहिं संबेदनशील र शंकास्पद कुरा भिडियोमा देखिन्छ, भिडियोको ८ मिनेट ४७ सेकेण्डमा फरक तरीकाले फरक प्रकारको टोनमा किन ? भनेर बोलेको देखिन्छ , कतिपयले के आशंका गरेका छन् भने रबि लामिछानेले धेरैले गरेको भ्रस्टाचारको पोल र कर्तुत खोलिदिएको कारण शालिकराम पुडासैनीलाई जबर्जस्ती बयान दिन लगाएर शालिकरामलाई मार्ने तथा रविलाई फसाउन खोजिएको आशंका पनि गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख “भिडियो र सम्पूर्ण पिडितको मोबाइल र अरु कुराहरुलाई डिजिटल प्रयोगशाला र बिधि बिज्ञान प्रयोगशालामा पठाईएको र आफ्नो तर्फबाट हैन काठमाडौँ प्रहरी बाट भिडियो लिक भएको ठान्छन् , खैर जे होस् , अब भिडियो सार्बजनिक गर्ने अनलाइनले , र प्रहरीको बिधि बिज्ञान प्रयोगशालाले जनतालाई चित्तबुझ्दो प्रमाण सहित सबूत सार्बजनिक गरेर जनतामा प्रहरी प्रशासन प्रतिको विश्वसनीयता कायम राख्न सक्नुपर्दछ अन्यथा यो घटना पनि निर्मला काण्ड जस्तै बल्झिरहने देखिन्छ।
By : अशोक न्यौपाने
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।
तपाईको प्रतिक्रिया