बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग काग्रेश नेता तथा तात्कालीन स्वास्थ्य राज्य मन्त्री मणि लामाको रहस्यमय गठबन्धन रहेको भेद खुलेको छ।

आफुलाई कथित परमात्मा भनेर दाबी गर्ने बम्जनले गरेका कुकृत्यहरु एक पछि अर्को गर्दै सतहमा आउन थालेका छन् र उनीमाथि आफ्नो आश्रममा कम उमेरका केटीहरुलाई आनी बनाएर भर्ती गर्ने र तिनीहरुको चरम शारीरिक, मानसिक र यौन शोषण गर्ने आरोप लाग्ने गरेको छ। उक्त केटीहरु मध्ये कसैले कुरा बाहिर ल्याउन खोजे भने अपहरण गर्ने, यातना दिने र बेपत्ता बनाउने सम्मको हर्कत रामबहादुर बम्जनले गर्ने गरेको भए पनि अहिले सम्म उनीमाथि कारबाही नहुनु र यस्ता कथित बाबाको उग्रता बढ्दै जानुमा बम्जनको ठुला राजनीतिक नेतासंगको कनेक्शनले सहयोग गरेको बिश्वास गरिन्छ।

तात्कालीन स्वास्थ्य राज्य मन्त्री मणि लामाको उक्त गुरुसँग निकै हिमचिम हुनुका कारणहरुको विश्लेषण गरिदैछ। शेर बहादुर देउबाको शासनकालमा मन्त्री रहेका मणि लामा भन्छन उनको लामो समय सम्म बच्चा भएनन् र उनले विभिन्न डाक्टरहरुलाई देखाए, विभिन्न औषधी उपचारहरु गरे , तर पनि केही उपाय लागेन। एक पटक गुरु रामबहादुर बम्जनलाई देखाएको , राम बहादुर बम्जनले अनुहारमा हेरेर मुसुक्क हाँसे रे अनि त दुई वटा जुम्ल्याहा बच्चा भए रे। कुरा सुन्दा साधारण व्यक्तिले बिश्वास गर्न नसक्ने खालको हास्यास्पद छ। बास्तबिक रुपमा उक्त बिबादास्पद गुरुको कर्तुतहरु बाहिर आउन थाले पछि आपसी फाइदाको निम्ति राजनैतिक नेताहरुसंग बम्जनले सम्बन्ध बढाएको आशंका पनि गर्छन कतिपयहरु। रामबहादुर बम्जनको नाममा निकै धेरै बैध अबैध सम्पत्ति रहेको र त्यसको सरक्ष्यण गर्न नेतासंग हिमचिम बढाएको पनि हुन् सक्छ। उनै मणि लामाको सिफारिशमा तात्कालीन देउबा सरकारले बाराको धेरै जंगललाई रामबहादुर बम्जन फ़ाउण्डेशनको नाममा दान दिईएको खुलेको छ। हुन् त यो प्रबृत्ति एउटा विकृतिकै रुपमा रहेको छ। स्थानीय जनताहरुले जङ्गलबाट थोरै घाँस र दाउरा बोकेर आउदा विभिन्न कारबाही गर्नेहरुले विभिन्न क्षेत्रका जङ्गल र संरक्ष्यित क्षेत्रहरुमा विभिन्न बाबाहरुले अड्डा जमाएर बस्दा पनि मौन रहेर अझ त्यस्तै बाबाहरुकोमा टिका थाप्न जाने प्रवृति रहेको देखिन्छ।
तपाईको प्रतिक्रिया