२६ असार २०७६, बिहीबार १७:५८  

काठमाडौं– चिकित्सा शिक्षामा रहेका बेथिति र चरम लापरवाही सुधार गर्ने मागसहित अभियानमा उत्रेका डा गोविन्द केसी १६ औं अनसनमा छन्। सरकारले विगतमा गरेको सहमति अनुसारको चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने र गुणस्तरबिहीन र कमसल डाक्टर उत्पादन गर्ने मेडिकल कलेजलाई सम्बन्धन दिनु नहुने मागसहित उनी अनसनमा बसेका आज २२ दिन भइसकेको छ।

डा केसीको ६ बुँदे मागमध्ये दोस्रो नम्बर बुँदामा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नुपर्ने विषय छ।

डा केसीको उक्त माग पूरा नगर्न र कारबाहीबाट जोगिन एक डाक्टरले त्रिवि शिक्षण अस्पतालमा बिहिबार डा केसीविरुद्धको कार्यक्रम आयोजना गरेका छन्। 

चिकित्सा शिक्षा अनियमिततामा दोषी ठहर भएका ती व्यक्ति हुन्, डा रामप्रसाद उप्रेती।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चिकित्सा शिक्षा अनियमिततामा संलग्न रहेको भन्दै ४३ जनालाई कारबाहीको सिफारिस गरेको छ। तीमध्ये डा उप्रेती पनि एक हुन् ती व्यक्तिहरुले भित्र भित्र पैसा खाएर वा मिलेमतो गरेर अस्पताल संचालनको स्वीकृति समेत नलिएको अस्पताललाई तीन बर्ष पुरानो सफलतापूर्बक संचालित अस्पताल भनेर सम्बन्धन दिन सिफारिश गरेका थिए।

डा उप्रेती स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालको स्वीकृति समेत नलिएको सुनसान अस्पताललाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिन सिफारिस गर्ने व्यक्तिमध्येका एक हुन्।

घट्टेकुलोस्थित काठमाडौं नेसनल अस्पताललाई सबै पूर्वाधार र मापदण्ड पुगेको भन्दै एकदमै गलत प्रतिवेदन बनाएको र विज्ञको रुपमा कानुन विपरितको काम गरेको ठहरसहित आयोगले उनलाई तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ। यद्यपि सरकारले उक्त प्रतिवेदन भने अझै गोप्य राखेको छ।

डा केसीले उक्त प्रतिवेदन अनुसार दोषीलाई कारबाहीको माग गरेपछि उप्रेतीले डा केसीविरुद्ध कार्यक्रम अगाडि बढाउन लागेका हुन्। उनकाे नेतृत्वमा बिहीबार साढे ११ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा नै डा केसीविरुद्ध नाराबाजी गर्ने कार्यक्रम तय भएको छ।

डा उप्रेती संलग्न रहेको टोलीले मापदण्ड र पूर्वाधार पूरा भएको भनिएको काठमाडौं नेसनलले अझै पनि स्वास्थ्य मन्त्रालयबाट सञ्चालन स्वीकृति प्राप्त गरेको छैन। ३ सय शय्याको अस्पताल सञ्चालनका लागि भूकम्प पछि खालि भएको उक्त भवन अनुपयुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

डा उप्रेती सदस्य रहेको उक्त टोलीका संयोजक त्रिवि शिक्षण अस्पतालकै प्रा डा करविरनाथ योगी थिए। डा योगी अहिले रिटायर्ड भएका छन्। उक्त टोलीमा डा योगी र उप्रेतीसहित डा ज्योति शर्मा, डा केशवप्रसाद सिंह, डा प्रमोदकुमार श्रेष्ठ, डा परशुराम मिश्र र प्रह्लाद पन्त थिए। उनीहरुलाई पनि आयोगले आगामी तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरेको छ।

डा उप्रेतीसहितको टोलीले २०७० साल कात्तिक २५ र २६ गते उक्त अस्पतालको निरीक्षण गरेर २७ गते प्रतिवेदन दिएका थिए। ७ सदस्यीय उक्त टोलीले पूर्वाधार, फ्याकल्टी, चिकित्सक, कर्मचारी सबै पूरा भएको, बिरामी पर्याप्त मात्रामा रहेको भन्दै गलत प्रतिवेदन बुझाएका थिए। उनीहरुको प्रतिवेदन नै गलत रहेको कार्की नेतृत्वको आयोगले जाँचबुझका क्रममा फेला पारेको हो। 

आयोले उनीहरुले प्रतिवेदन बुझाएको ४ वर्षपछि गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पतालले सञ्चालन स्वीकृति नलिएको, मेडिकल कलेजका लागि आवश्यक मापदण्ड र पूर्वाधार नपुगेको, बिरामी नै नरहेका कारण अस्पताल सुनसान रहेको, डाक्टर तथा कर्मचारी समेत दुई/चार जना मात्र रहेको फेला पारेको थियो। सोही आधारमा आयोगले उनीहरुलाई कडा कारबाहीको लागि सिफारिस गरेको हो। 

आयोगको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न डा केसीले माग राखेपछि डा उप्रेती उनीविरुद्ध लागेका हुन्। यो बिचमा डा उप्रेती उक्त कारबाहीबाट जोगाउन नेकपाका नेताहरुसँग बाक्लो भेटघाटमा रहेको समेत नेकपाकै एक नेताले जानकारी दिए। 

डा उप्रेतीले ३ सय शय्या चलाउन मिल्छ भन्दै सिफारिस गरेको उक्त अस्पताल ४५ सय समेत चलाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले समेत जनाएको छ। स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ ( दोस्रो संसोधन)’ अनुसार ४५ शय्याभन्दा चलाउन मिल्दैन।

डा उप्रेती महाराजगञ्ज चिकित्सा क्याम्पसको प्रमुख हुँदा विभिन्न अनियमितता र विवादमा समेत संलग्न थिए। क्याम्पस प्रमुख हुँदा उनले गरेको अनियमितता र विवादित काम पूर्व शिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा गठित समितिले समेत बाहिर ल्याएको छ।डाक्टर गोबिन्द केसी बिरुद्द कहिले अपराधमा संग्लन पूर्ब अभियुक्त बिजय थापालाई अनसन बसाउने , कहिले कोही कहिले कोही हुँदै अहिले स्वास्थ्य मन्त्रालयले नै दोषी ठहर गरेका रामप्रसाद उप्रेतीलाई खडा गरिएको छ , २००६ मा गठन भएको कम्युनिस्ट पार्टीलाई इतिहासमा नै मात्र एक पटक बहुमत सहित सरकारमा पुर्याइदिएका जनताले सरकार मेडिकल माफियाको पक्षमा यो हदले आउला भनेर सोचेका पनि थिएनन। सरकार बनेको एक बर्षमा निकै बिकासका कामहरु होला भन्ने आशा गरेका जनताहरु यस्ता प्रकारका निरन्तरका बिबादले निराश बनेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ