२६ असार २०७६, बिहीबार १७:५१  

२० माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले देशको अर्थतन्त्रबारे चासो राखेका छन् भने केहीले संसद्का महासचिवले उपभोग गर्दै आइरहेको सुविधाबारे सोधीखोजी गरेका छन् । दाताको बढ्दो दबदबा, सुस्ताएको नेकपा कार्यदल र सीडीओलाई दिइएको अधिकारबारे पनि पत्रपत्रिकाहरुले चर्चा गरेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले दाताको बढ्दो दबदबाबारे कभर स्टोरी लेखेको छ । रिपोर्टअनुसार, आफूले भनेजस्तो नभए दाताले सरकारलाई समेत धम्क्याउने गरेका छन् ।

नेपालले अमेरिकी दूतावासले नेपाल सरकारलाई दिएको धम्कीलाई दृष्टान्तका रुपमा प्रस्तुत गरेको छ । रिपोर्टमा लेखिएअनुसार, ५ मे २०१७ मा अमेरिकी दूतावासले परराष्ट्रमन्त्रालयमा एक नोट गर्दा गराउँदै स्थानीय तह निर्वाचन पर्यवेक्षणमा विदेशीलाई नरोक्न आग्रह गरेको थियो । उसले धम्की दिँदै अगाडि भनेको थियो– अन्यथा आउँदा दिनमा अमेरिकी सहायता जोखिममा पर्नेछ ।

नेपालले भारतलगायत देशका विभिन्न घटनाक्रमलाई दाताको बढ्दो दबदबा पुष्टि गर्ने विषयवस्तु बनाएको छ ।

कान्तिपुरले ‘संसदका महासचिवलाई सुविधैसुविधा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानूनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् ।

कान्तिपुर लेख्छ– कानूनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । तर उनले ५ वटा गाडी र ३ चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् ।

भेनेजुएला प्रकरणबारे नेकपाले निकालेको विज्ञप्तिको चर्चा पनि कान्तिपुरले गरेको छ ।

नयाँ पत्रिकाले देशको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चिरफार गरेको छ । नयाँ पत्रिकाका अनुसार, व्यापार घाटा दोब्बरले बढेको छ भने विदेशी लगानी प्रतिबद्धता घटेको छ । वस्तुको बिक्री पनि घटेको छ । विदेशी विनिमय सञ्चिति खुम्चन थालेको भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विदेशी मुद्राको सञ्चिति अहिल्यै चिन्ताको विषय नभए पनि यही रफ्तारमा घट्दै गए भुक्तानी सन्तुलन जोखिममा आउन सक्ने सम्भावना औंल्याएका छन् ।

पारा साइकलयात्री नरेशराज भट्टराईको संघर्षशील जीवनबारे मुख्य समाचार बनाएको अन्नपूर्णले निर्मला पन्त प्रकरणसँग मिल्दोजुल्दो घटना मोरङमा घटेको लेखेको छ । समाचार अनुसार, विराटनगरकी रुपमति दासको हत्या रहस्यमय बनेको छ ।छिमेकमा टीभी हेर्न भनेर निस्केकी उनको शव भोलिपल्ट फेला परे पनि प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । सातासम्म अपराधी पत्ता नलागनेपछि स्थानीय आन्दोलित भएका छन् ।

नागरिकले नदी दोहनलाई मुख्य समाचार बनाएको छ । सुदूरपश्चिमको राजधानी स्थल तेघरीस्थित गोदावरी नदी र दाङको खोला तथा सुनकोसीको दोहनलाई नागरिकले समाचारको विषयवस्तु बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन गरेको चौथो कार्यदल अलमलमा परेको अर्को खबर पनि नागरिकमा छ । पुस मसान्तभित्र पार्टी एकीकरण र सांगठनिक संरचना बुझाउने जिम्मेवारीसहित गठति रामबहादुर थापा नेतृत्वको कार्यदल समयसीमाभित्र मिसन पूरा गर्न असफल भएको समाचारको सार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ