२१ चैत्र २०७५, बिहीबार ११:२२  

बिचार/ विश्लेषण

By अशोक न्यौपाने

हिजोको अंकमा livenp.com मा माथिको चित्र राखेर “बिपत्तिमा धर्म परिवर्तन गर्नेहरु देखि साबधान” भनेर लेखिएको लेख प्रति विभिन्न कोणबाट सकारात्मक र नकारात्मक टिप्पणीहरु आए , कतिले गाली गर्न थाले , कतिले ताली बजाए , कतिले त्यो समयमा अन्जु पन्त बारामा हैन काठमाडौँमा नै थिईन भनेर स्पस्टिकरण दिए , एकजना टुईटे मित्रले त हेल्लो सरकारलाई मेंशन गर्न समेत भ्याए , सबै कुरा समेटियोस भनेर आजको अंकमा यो लेख लेखेको छु।

कसैलाई स्पस्ट पार्न जरुरी नै छैन कि अन्जु पन्त हिन्दू बाट धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकी हुन्। धर्म परिवर्तन गर्नु नेपालको कानूनको बिपरितमा छ। तर धर्म परिवर्तन भै रहेकै छ। विभिन्न प्रलोभन , अन्धविश्वास देखाएर , पैसा खुवाएर धर्म परिवर्तन गर्ने क्रम बढ्दो छ। युरोप अमेरिकाका मानिसहरु धर्म भनेको केही हैन भन्नेमा पुगिसके। अन्धविश्वास भनेको प्रगतिको बाधक हो भन्ने सबैले ठम्याईसके। बोक्सी, टुना मुना , आदि इत्यादि भ्रम बाट जनताहरु मुक्त हुँदै गए , अहिले पनि युरोप अमेरिकाका ८० प्रतिशत युवाहरुले धर्म प्रति खासै चासो राख्दैनन्। चीन उत्तर कोरिया जस्ता देशले त धर्मलाई निरुत्साहन गरेर Atheism and Humanism अथवा मानवताबाद, समानता र समाजबादलाई प्रोत्साहन गरिरहेका छन्। यस्तोमा क्रिश्चियनहरु अल्पबिकसित देशका सोझा जनताहरुलाई धर्म परिवर्तन गराएर भडकाउन र एक आपसमा जुधाउन लागिपरेका छन्।

तिनले धर्म परिवर्तन गराउनको लागि कोहि न कोही मुर्गा खोजिरहेका हुन्छन। एकाएक तिनीहरुले ठुलै मुर्गा फेला पारे गायिका अन्जु पन्तको नाममा।

अन्जु पन्तको नाममा धर्मको परिवर्तनको भजन गाउँदा आफ्नो धर्म फैलने उनीहरुको आइडिया थियो। तिनिहरुले लोभ लालच , अन्ध बिश्वास आदि देखाएर अन्जु पन्तलाई हिन्दू बाट क्रिस्चियन बनाएरै छाडे , जसरी तिनीहरुले अरु जनताहरुलाई धर्म परिवर्तन गराउदै छन्।

भानिन्छ ‘ नया जोगीले धेरै खरानी धस्छ ‘ ठीक त्यसरी नै नेपालका क्रिश्चियनहरु आवश्यकता भन्दा बढी उत्ताउला, अराजक , असहिस्णु र गलत देखिन्छन। हिन्दू , बौद्द र क्रिश्चियन धर्मलाई शान्त धर्मको रुपमा लिन्छन विद्वानहरु तर नेपालका क्रिश्चियनहरु अरु धर्म मान्ने मान्छे देख्यो कि शैतान भनेर उफ्रिहाल्ने प्रवृत्तिका देखिन्छन।

नेपालका क्रिश्चियनहरुको अर्को बिशेषता हो , नेपाली चाड पर्बहरुको बहिस्कार , पल्लो घरमा टोलमा दीवालीको रमझम छ , दशैको माहौल छ वल्लो कुनाको घरको क्रिश्चियन अँध्यारो मुख लगाएर अध्यारो घर बनाएर बसिरहेको देखिन्छ, यसलाई पाखण्डपन नभनेर के भन्ने ? अमरिकी राष्ट्रपति डोनाल्ड ट्रंप दिवालीमा भारतीय समुदायलाई व्हाइट हाउस बोलाएर चाडबाडमा रमाइलो गर्छन , पूर्ब रास्ट्रपति बाराक ओबामा हनुमानको मूर्ति लिएर हिड्थे भने अस्ति भर्खर दुई पेग होलि वाइन पिएर क्रिश्चियन बनेका नेपालका यी नव क्रिस्चियनहरुले हिन्दू चाडपर्बहरु बहिस्कार गरेर के पाखण्ड देखाउन खोजेका हुन् ?

जीवनको कुनै कालखण्डमा जोन लेनन , जर्ज ह्यारिशन जस्ता महान गायकहरु भारतमा आएर योग तथा ध्यान सिकेका थिए। जर्ज ह्यारिशन त पूर्ण रुपले हिन्दू बने र हरे कृष्ण अभियानमा लागेर राम र कृष्णका भजन गाउदै रमाउन थाले। तैपनि उनीहरुले आफ्नो पुरानो धर्म क्रिश्चियन यस्तो उस्तो भनेर बदख्वईं गरेनन किनकी उनीहरु गायक मात्र होइन सेलिब्रिटी नै थिए। यता हाम्री अन्जु पन्तको कुरा गरौँ : उनले पटक पटक हिन्दू देवताहरु बारे अपमान गरेकी छिन , हिन्दू धर्मको बदख्वाई गरेको उनको भिडियो धेरै पटक भाइरल भएका छन।

https://www.youtube.com/watch?v=Fqkto31hsqc&list=RDFqkto31hsqc&index=1

जुन देशमा ८५ प्रतिशत भन्दा धेरै हिन्दू धर्ममा आस्था राख्ने व्यक्तिहरु छन् त्यो देशमा हिन्दूको बिरोध गरेर कोही सेलिब्रिटी बन्न सक्छ ? कोही गायन वा कलाकारिता जस्तो पेशामा टिक्न सक्छ ? ८५ प्रतिशत जनताहरुको आस्थामाथि प्रहार गरेर ? यसको लागि कसले उक्साइरहेको छ यिनलाई ? परमेश्वर येशुको भजन गाउने तर राम कृष्ण र सत्य नारायणको भजन गाउनेलाई मूर्ख भन्ने यिनको पाखण्डीपन लाई के भन्ने ? हैन हामीले अन्जु पन्तले गाएको परमेश्वर प्रभु येशुको भजन चाहि सुनिदिनुपर्ने अनि उनले हिन्दू धर्मको बिरोध गर्दा चाहि थपडी बजाइदिनु पर्ने ? ८५ प्रतिशत हिन्दूले के कारणले उनका रोइला गीत सुनिदिनु पर्ने ? के का आधारमा उनलाई प्रसिद्द बनाइदिनु पर्ने ? यी सबै प्रश्नको उत्तर दिनु जरुरी छ , अन्जु पन्तले।

अब हेरौं अन्जु पन्तको चालामाला :

जनताको जायज आवाज : livenp.com

समाचार प्रति आफ्नो प्रतिक्रिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ