२६ असार २०७६, बिहीबार १९:०२  

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु भएको छ । अब  बिमानस्थलमा  धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य सुरु भएको छ । अगामी ६ महिनाभित्र नै  धावनमार्गको निर्माण पूरा हुने बिश्वास गरिएको छ ।  धावनमार्गको दूरी ३ किलोमिटरको रहेको छ । धावनमार्गमा अब कालोपत्रे र लाइटिङ्ग गर्ने  काम मात्र बाँकी रहेको  छ ।

उनले जाडोयाममा मौसमले साथ नदिए मात्र केही समस्या उत्पन्न हुने सम्भावना रहेको मन्त्रीलाई बिफ्रिङ्ग गरे । घाम नलागेको अवस्थामा कालोपत्रे गर्न मिल्दैन । विमानस्थलको निर्माणको सबैभन्दा महत्वपूर्ण कार्य नै  धावनमार्गको निर्माण  हो ।

रविन्द्र  अधिकारी मन्त्री  भए संगै निर्माण कार्य शुरु भएर पनि ढिलासुस्तीले थन्किएका सबै योजनाहरुको निर्माणमा तीब्रता आउन थालेको छ।

View image on Twitter

रनवे सम्पन्न हुने बित्तिकै आन्तरिक उडानहरु पनि नयाँ रनवे भएर  संचालन  हुनेछन्  र हाल संचालनमा रहेको रनवे ट्याक्सीवेमा परिणत हुनेछ । सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ २ सय मिटर र पश्चिमतर्फ २ सय मिटर बढाएर त्यसलाई ट्याक्सीवेको रुपमा प्रयोग गरिने कुरा बिमानस्थल निर्माणमा संग्लग्न प्राविधिकहरुले  बताइए । ट्याक्सीवेको कुल लम्बाई १ हजार ९ सय मिटर हुनेछ ।

काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग पनि  मर्मत गर्ने अवस्थामा पुगेको छ । जसका लागि भैरहवा विमानस्थलको धावनमार्ग चाडै नै सम्पन्न गर्नु  आवश्यक छ। भैरहवा विमानस्थलको धावनमार्ग सम्पन्न भएलगतै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गका मर्मत कार्य सुचारु हुने मन्त्री अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार मर्मत कार्यका लागि ठेकेदार पक्षसगँ सम्झौता गर्न मात्र बाँकी रहेको छ । अब आउने  वर्षा अघि नै मर्मत कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको कुरा मन्त्री  अधिकारीले बताउनुभयो।

भविष्यमा पनि  हुन सक्ने  यात्रुको चापलाई मध्यनजर गर्दै थप एउटा टर्मिनल भवन र १० वटा विमान पार्किङ्ग गर्न मिल्ने थप एउटा ह्यांगर  निर्माण गर्ने प्रक्रियामा आफूहरु  रहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । अहिले एउटा मात्र  अन्तराष्ट्रिय ट्रर्मिनल भवन र ६ वटा विमान  मात्र पार्किङ्ग गर्न मिल्ने ह्याङ्गर निर्माण  भएको छ ।

अहिले जुन–जुन एयरलाइन्सँग हाम्रो सम्झौता भइरहेको छ त्यसमा हामीले गौतम बुद्ध विमानस्थललाई समावेश गरिरहेकाछौँ मन्त्री अधिकारीले भंन्नुभयो  ‘यस विमानस्थलबाट उडान भर्नका लागि धेरै एयरलाइन्सहरु इच्छुक छन्, अपरेसन पश्चात विभिन्न मुलुकको एयरलाइन्सहरु यहाँबाट उडान अवतरण सुरु गर्नेछन् ।’

उहाले  विमानस्थलको सबै काम एकैसाथ तीब्र गतिमा भैरहेकाले  २०१९ को अगस्त महिनामा विमानस्थल अपरेशनमा आउने कुरा बताउनु भयो।

हवाई रुटको लागि पनि कुनै समस्या नरहेको कुरा  मन्त्री अधिकारीले बताउनुभयो  । सरकारले भारतसँग नेपालगञ्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरका लागि हवाई रुटको उच्चस्तरीय सम्झौता गरेको छ । यी मध्ये भारतले महेन्द्रनगर र नेपालगञ्जको हवाई रुटका लागि सुरक्षाको कारण देखाउँदै भैरहवाको हवाई रुटको सम्झौता गर्न प्रस्ताव गरेकोले भैरहवा विमानस्थलका लागि हवाई रुटको समस्या नरहेको मन्त्री  अधिकारीले  स्पष्ट पार्नुभयो  ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा मध्ये तत्कालको लागि ४ अर्ब निकासा भएको र अरु चाहिएको रकम पनि निकासा गरिने र जग्गाधनीहरूलाई उचित मुआब्जा दिईने कुरा पनि मन्त्री  अधिकारीले बताउनुभयो।

— ejanatakhabar.com का लागि अशोक नेपालीद्वारा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग कांग्रेस नेताको कनेक्शन

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग काग्रेश नेता तथा तात्कालीन स्वास्थ्य...

विशेष

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ