२६ असार २०७६, बिहीबार १८:३०  

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्नु प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो । आज(बिहिबार) गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ ।

सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का महासचिव डा बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउनुहुन्छ । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ । एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरुले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याउनुहुन्छ । “यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याएका छन् । मेडीसिटी अस्पतालमा डा उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घलेले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा हुनुहुन्छ ।

एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउनुहुन्छ । दिवसको अवसरमा गैरआवासी नेपालीले बिहिबार स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । बिहिबारै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग कांग्रेस नेताको कनेक्शन

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग काग्रेश नेता तथा तात्कालीन स्वास्थ्य...

विशेष

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ