२६ असार २०७६, बिहीबार १७:५१  

२० माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले देशको अर्थतन्त्रबारे चासो राखेका छन् भने केहीले संसद्का महासचिवले उपभोग गर्दै आइरहेको सुविधाबारे सोधीखोजी गरेका छन् । दाताको बढ्दो दबदबा, सुस्ताएको नेकपा कार्यदल र सीडीओलाई दिइएको अधिकारबारे पनि पत्रपत्रिकाहरुले चर्चा गरेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले दाताको बढ्दो दबदबाबारे कभर स्टोरी लेखेको छ । रिपोर्टअनुसार, आफूले भनेजस्तो नभए दाताले सरकारलाई समेत धम्क्याउने गरेका छन् ।

नेपालले अमेरिकी दूतावासले नेपाल सरकारलाई दिएको धम्कीलाई दृष्टान्तका रुपमा प्रस्तुत गरेको छ । रिपोर्टमा लेखिएअनुसार, ५ मे २०१७ मा अमेरिकी दूतावासले परराष्ट्रमन्त्रालयमा एक नोट गर्दा गराउँदै स्थानीय तह निर्वाचन पर्यवेक्षणमा विदेशीलाई नरोक्न आग्रह गरेको थियो । उसले धम्की दिँदै अगाडि भनेको थियो– अन्यथा आउँदा दिनमा अमेरिकी सहायता जोखिममा पर्नेछ ।

नेपालले भारतलगायत देशका विभिन्न घटनाक्रमलाई दाताको बढ्दो दबदबा पुष्टि गर्ने विषयवस्तु बनाएको छ ।

कान्तिपुरले ‘संसदका महासचिवलाई सुविधैसुविधा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानूनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् ।

कान्तिपुर लेख्छ– कानूनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । तर उनले ५ वटा गाडी र ३ चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् ।

भेनेजुएला प्रकरणबारे नेकपाले निकालेको विज्ञप्तिको चर्चा पनि कान्तिपुरले गरेको छ ।

नयाँ पत्रिकाले देशको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चिरफार गरेको छ । नयाँ पत्रिकाका अनुसार, व्यापार घाटा दोब्बरले बढेको छ भने विदेशी लगानी प्रतिबद्धता घटेको छ । वस्तुको बिक्री पनि घटेको छ । विदेशी विनिमय सञ्चिति खुम्चन थालेको भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विदेशी मुद्राको सञ्चिति अहिल्यै चिन्ताको विषय नभए पनि यही रफ्तारमा घट्दै गए भुक्तानी सन्तुलन जोखिममा आउन सक्ने सम्भावना औंल्याएका छन् ।

पारा साइकलयात्री नरेशराज भट्टराईको संघर्षशील जीवनबारे मुख्य समाचार बनाएको अन्नपूर्णले निर्मला पन्त प्रकरणसँग मिल्दोजुल्दो घटना मोरङमा घटेको लेखेको छ । समाचार अनुसार, विराटनगरकी रुपमति दासको हत्या रहस्यमय बनेको छ ।छिमेकमा टीभी हेर्न भनेर निस्केकी उनको शव भोलिपल्ट फेला परे पनि प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । सातासम्म अपराधी पत्ता नलागनेपछि स्थानीय आन्दोलित भएका छन् ।

नागरिकले नदी दोहनलाई मुख्य समाचार बनाएको छ । सुदूरपश्चिमको राजधानी स्थल तेघरीस्थित गोदावरी नदी र दाङको खोला तथा सुनकोसीको दोहनलाई नागरिकले समाचारको विषयवस्तु बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन गरेको चौथो कार्यदल अलमलमा परेको अर्को खबर पनि नागरिकमा छ । पुस मसान्तभित्र पार्टी एकीकरण र सांगठनिक संरचना बुझाउने जिम्मेवारीसहित गठति रामबहादुर थापा नेतृत्वको कार्यदल समयसीमाभित्र मिसन पूरा गर्न असफल भएको समाचारको सार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ