२९ बैशाख २०७६, आईतवार ०७:३२  

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला र डा सूर्यराज आचार्य बिच घनघोर बहस भएको थियो।

उक्त बहसमा आचार्य र कोइराला दुवै स्वतन्त्र हुन नसकेको आशंका बीच हिजो भएको बहसमा बरिष्ठ अर्थशास्त्री तथा योजना आयोगका पूर्ब उपाध्यक्ष डा. शंकर शर्मालाई आमन्त्रित गरिएको थियो। डा शर्माले रेल ल्याउन हतार गर्नुभन्दा सडक यातायातलाई सुधार्न सरकारलाई सल्लाह दिएका छन् । विवेकशील साझा पार्टीले शनिबार गरेको केरुङ–काठमाडौं रेल बहस कार्यक्रममा डा शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक लगानी कति र कसरी जुटाउने ? र निर्माणको मोडालिटी कस्तो प्रकारको हुने ? भन्ने कुरा अहिले स्पष्ट नभएकोले पहिला सडक यातायात निर्माणमा ध्यान दिनुपर्ने बताए ।

उनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्बन्धमा चीन आफै पनि स्पष्ट नरहेको र उक्त रेल अत्यन्त खर्चिलो भएको चिनिया बुझाई आफूले पाएको भन्दै बरु गुणस्तरीय सडक सञ्जाल निर्माणमा तत्काल ध्यान दिए त्यसले जित्ने बताए । भोलि रेल बनाउन र रेलका सामान बोक्न पनि गुणस्तरीय सडक चाहिने भएकोले तत्काल सडकको काम शुरु गर्नुपर्ने उनले बताए। उनले भारतसँगको निर्भरता कम गर्न चीनसँग आर्थिक सम्वन्ध विस्तार जरुरी रहेको र केरुङ–काठमाडौं रेलमार्ग सहयोगी हुनसक्ने भए पनि यसको निर्माण र दीर्घकालीन सञ्चालन नेपालका लागि अत्यन्त कठिन रहेको बताए । विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले केरुङ–काठमाडौ रेल सञ्चालन राम्रो र आवश्यक भएको बताए , अर्का सहभागी डा रामेश कोइरालाले हिमाली र पहाडी पृष्ठभूमिमा हाई स्पीड रेल बनाउन जति खर्चिलो र कठीन छ , निर्माण र संचालनमा पनि त्यत्तिकै घाटा हुने उनले बताए।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

नेपालमा नै पहिलो पटक सफ्टवेयर भेला आयोजना हुँदै

लाइभ एनपी सम्बाददाता, काठमाडौँ, नेपालमा सूचना प्रविधि तथा सफ्ट्वयर उद्योगले...

विशेष

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ