१६ बैशाख २०७६, सोमबार १८:५८  

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा पेश गरेको छ। संसदमा यसबारे बहस र अन्तरक्रियाहरु हुने नै छन् , संसदमा भएका माननीयहरू राजनीतिज्ञहरु हुन् , जनताबाट चुनिएर आएका उनीहरु नीति नियम बनाउने कुरामा सार्बभौम संसदका नायकहरु हुन् तर पनि प्राबिधिक बिषयबस्तुमा सांसदहरुलाई बिज्ञहरुको सल्लाह र सुझाबको खाँचो हुने गर्दछ।

यसै सन्दर्भमा आइ सी टी फ्रेम र एन पी सर्ट भन्ने संस्थाले सूचना प्रबिधि बिज्ञ श्री चिरन्जीबी अधिकारीको पहलमा सूचना प्रबिधि बिधेयक २०७५ को संसद भित्र हुने बहसलाई सहयोग गर्न र सार्थक बनाउनको लागि बिज्ञ तथा सरोकारवालाहरुलाई भेला गरेर बृहद अन्तरक्रियाको आयोजना हुन गइरहेको छ। प्रज्ञा भवन कमलादीमा मे ९ तारीख तदनुसार वैशाख २६ गते बिहिबार हुने उक्त कार्यक्रममा नेपालको सूचना प्रबिधि क्षेत्रमा काम गरेका विभिन्न दिग्गज व्यक्तिहरु सहभागी भएर सूचना प्रबिधि सम्बधी के कस्तो कानूनहरु बनाउदा समय सापेक्ष र सही कदम हुन्छ भनेर छलफल, बहस तथा अन्तरक्रिया गर्नेछन्।

सूचना प्रबिधि आधुनिक समयको माग हो , यस सम्बन्धी सही र समय सापेक्ष कानूनको तर्जुमा हुनु अत्यन्त आवश्यक भैसकेको छ। सूचना प्रविधि क्षेत्रमा बिदेशी तथा स्वदेशी लगानीकर्ताहरुले लगानी गर्नु अघि उक्त देशको कानून कस्तो छ भनेर मिहीन अध्ययन गर्ने गर्दछन। सरकारले पनि कस्तो नियम ल्याउने, कस्तो खालको कर प्रणाली तयार गर्दा लगानीकर्ता, उपभोक्ता तथा सरकारलाई सहज र सरल हुन्छ, त्यो बिषयमा गहन तरीकाले अध्ययन गर्नु अत्यन्त आवश्यक हुने गर्दछ , जस्तै केही समय अघि मोटर साइकलमा राइड शेयरिङ्ग गर्ने टूटल नामको एप्लिकेशन बिबादमा आएको थियो , त्यस सम्बधी नीति नियम प्रस्ट नहुँदा सरकारले पाउनु पर्ने कर गुमाउने , यात्रुले पाउनु पर्ने सेवा र सुरक्षा पाउन नसक्ने तथा लगानीकर्ताहरु पनि कानूनी समस्यामा फस्ने जस्ता समस्याहरु आउने देखियो। यो त एउटा सानो उदाहरण मात्र हो, सूचना प्रबिधि सम्बन्धि कस्तो कानून आवश्यक छ भन्ने बिषयमा सबैले आफ्नो आफ्नो क्षेत्रबाट उपयुक्त सल्लाह र सुझाब दिनु अत्यन्त आवश्यक भैसकेको छ। बिधेयक पास भै सकेपछि यो भएन त्यो भएन भनेर कमेन्ट गर्नुले खासै अर्थ नराख्ने हुनाले अहिलेको समयनै सल्लाह सुझाब दिने र अन्तरक्रिया गर्ने उपयुक्त समय भएको तर्क छ आयोजकहरुको। केही समय अघि यस कार्यक्रमका आयोजकहरुले साइबर सेक्युरिटी अर्थात सुचना प्रविधिमा सुरक्षा र गोपनीयता सम्बन्धी अर्थपूर्ण अन्तरक्रियाको आयोजना गरका थिए। त्यो भन्दा पनि अझै बृहद रुपमा अबको कार्यक्रम गरिने कार्यक्रमका संयोजक तथा सूचना प्रबिधि बिज्ञ श्री चिरन्जिबी अधिकारीले बताउनुभयो।


कार्यक्रम स्थानः प्रज्ञा भवन प्रतिष्ठान भवन कमलादी
समयः दिउँसो १ बजे देखि ५ बजे सम्म
मितीः ९ मे २०१९ तदनुसार बैशाख २६ गते
बिहिबार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

नेपालमा नै पहिलो पटक सफ्टवेयर भेला आयोजना हुँदै

लाइभ एनपी सम्बाददाता, काठमाडौँ, नेपालमा सूचना प्रविधि तथा सफ्ट्वयर उद्योगले...

विशेष

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ