११ बैशाख २०७६, बुधबार १८:०१  

लाइभ एनपी सम्बाददाता,

काठमाडौँ, नेपालमा सूचना प्रविधि तथा सफ्ट्वयर उद्योगले तीब्र गतिले दिनानुदिन प्रगति गर्दै गैरहेको छ । उद्योग, ब्यापार तथा सबै थरीका ब्यबसायहरुले क्रमिक रुपमा अनलाईन पद्दतिमा आफुलाई रुपान्तरण गर्दै गैरहेका छन्। हरेक बर्ष सुचना प्रविधिका क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्त्तित्व तथा बिद्यार्थीहरु उत्पादन हुँदै गए पनि उपयुक्त रुपमा बजार ब्यबस्थापन भने हुन सकेको देखिदैन । सुचना प्रविधिका क्षेत्रको लागि नेपाली बजार उर्बर भए पनि सम्भावना र अवसरको खोजीमा नै बिद्यार्थीहरु बजारमा कतै हराइरहेका देखिन्छन् । बिद्यार्थी मात्र होइन, उद्योग र व्यवसायहरुले चाहे जस्तो जनशक्ति फेला पार्न सकेका छैनन भने अर्कोतिर सक्षम, शिक्षित र दक्ष व्यक्तिहरुले पनि रोजगारीका लागि उपयुक्त ठाउँ फेला पार्न सकेका देखिंदैनन।

यस्ता अवस्थाहरुलाई मध्यनजर गर्दै नेपालमा नै पहिलो पटक नेपाल सफ्ट्वेयर मिट अप सञ्चालन हुन गइरहेको छ जसले नेपालमा सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने हरेक निकाय तथा ब्यत्तित्वहरुलाई एकै ठाउँमा ल्याउने र उनीहरुको बिचमा रहेको अन्तरलाई हटाउने पुलको रुपमा काम गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रम नेपाली सफ्टवेयर उद्योगमा भएका चुनौती तथा अवसरहरुका बारेमा पूर्ण रुपले केन्द्रित रहने छ । यो कार्यक्रममा नेपालको आइटी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण ब्यक्त्तित्वहरुलाई समाबेश गरिनेछ । कार्यक्रममा आइटी क्षेत्रसंग सम्बन्धित र आइटी प्रति इच्छुक विभिन्न ब्यक्त्तित्वहरुले आफ्ना अनुभव, अवसर, चुनौती क्षमता तथा दक्षताका बिषयमा जानकारीहरु एकआपसमा बाँडनेछन् जसले बजारको वर्तमान अवस्था बारेमा जानकार दिग्गजहरुको अनुभवबाट आफुले गर्नलागेको कामप्रति थप तयारी गर्ने र आफुलाई निखार्ने अवसर पनि प्राप्त गर्नेछन् । यस कार्यक्रम हरेक महिना नियमित रुपले सञ्चालन गर्ने तथा त्यसबाट आएको नतिजा नेपाल सरकार तथा सम्बन्धित निकायलाई बुझाउने आयोजकको योजना रहेको छ ।

यस कार्यक्रमको मुख्य उदेश्य भनेको नेपालको सुचना प्रविधि तथा सफ्टवेयर उद्योगमा देखिएका विभिन्न मुद्दा तथा विषयहरु माथि छलफल गर्ने तथा समाधानको उपाय खोज्ने रहेको छ जसले नेपालको सुचना प्रविधि तथा सफ्टवेयर उद्योगलाई बढावा दिन मदत गर्नेछ । यस कार्यक्रमलाई आइटी क्षेत्रमा काम गर्ने तथा आइटी प्रशिक्षण प्रदान गर्ने बागबजार स्थित संस्था डि आई टी सोलुशन र आई सि टी फ्रेम म्यागाजीन ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् भने कार्यक्रमलाई प्रभु पे डिजिटल वालेटले शीर्ष प्रायोजन गरेको छ साथै यस कार्यक्रमलाई एनपीसर्ट, नेसनल आईसिटी काउनसिल, सिएसआरअइ नेपाल, वान कभर प्रा.ली, टेकशाथी टेक पोर्टल र टेकपात्रो टेक पोर्टलले पनि सहयोग गरेको छ ।

कार्यक्रम स्थानः सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई—कमर्स (ब्लक सी)
समयः बिहान ११ बजे देखि १ बजे सम्म 
मितीः २६ अप्रिल २०१९ तदनुसार बैशाख १३ गते
शुक्रबार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ