७ बैशाख २०७६, शनिबार ०९:४६  

Livenp का लागि अशोक न्यौपाने

माछामा ओमेगा ३ फ़्याट्टी एसिड,मिनरल्स र प्रोटिन जस्ता खाध्य तत्वहरु पर्याप्त मात्रामा पाइने गर्दा डाक्टरहरु मुटु रोग, प्रेसर र अन्य बिरामीहरुलाई माछा खाने सल्लाह दिने गर्दछन। बैज्ञानिकहरुका अनुसार २ चोटी मासु खाएको छ भने मासुले प्रेसरमा पार्ने असरलाई घटाउन कमसेकम एकपटक माछा खानेगर्नु स्वास्थ्यको लागि ठीक हुने गर्दछ। तर हामी नेपालीहरुमा माछा खाने संस्कृतिको अहिलेसम्म बिकास हुन् सकेको छैन। स्वास्थ्य प्रति संबेदनशीलहरुले हप्तामा एक चोटी माछा किनेर खान थालेका छन् तर सस्तो माछ्को खोजी गर्दै गर्दा भारतबाट आयातीत गुणस्तरहीन माछा खान पुगेका छन्।

बजारमा पाइने माछा मध्ये २ थरी छन् : १. नेपाली माछा २. भारतीय माछा

भारतको मुख्य गरी आन्ध्र प्रदेशबाट नेपालमा माछा ढुवानी गरेर ल्याउने गरिन्छ र त्यसको लागि कमसेकम हप्ता दिन भन्दा बढी समय लाग्ने गर्दछ , यतिका दिन सम्म माछा न सडोस भनेर
व्यापारीहरुले माछा नकुहिने रसायन फर्मालिन हाल्ने गरेको पाइन्छ , फर्मालिन नामको रसायन एकदम घातक रसायन हो , जसले तुरुन्त क्यान्सर निम्त्याउन सक्छ। मेडिकल ल्याबमा लाश नकुहियोस भनेर फर्मालिन प्रयोग गर्ने गरिन्छ, यस्तो गुणस्तरहीन माछाले कति जनाको स्वास्थ्य बिगारेको छ।

किसानले उत्पादन गरेको ताजा स्वस्थ्यकर माछा बेच्ने उदेश्यले नेपालमा नै पहिले पटक जिउँदो माछा बाराबाट ल्याएर बेच्ने चलनको शुरुवात गरेका थिए बाराका ब्यबसायी जंगबहादुर साहले। शुरुको दिनहरुमा ढुवानी खर्च महँगो पर्न जाँदा उनले घाटा पनि बेहोरे तर अहिले ग्राहकहरुले ताजा माछाको महत्व बुझ्न थाले पछि स्थिति राम्रो हुँदै गएको छ। हुन् त नितीगत रुपमा सरकारले भारतबाट आउने गुणस्तरहीन माछालाई नेपाल आयातमा रोक लगाएको छ तर पनि खुल्ला सीमाना र भन्सारका भ्रस्ट कर्मचारीहरुका कारण लुकीछिपी यस्ता फर्मालिन मिसिएका माछा आइरहेकै छन् ,यसलाई सरकारको माथिलो तहले निर्देशन गरेर तुरुन्त र पूर्ण रुपले बन्द गराउनु अत्यन्त जरुरी भएको मत राख्छन ब्यबसायी साह। उनी अझै बल्खु स्थित आफ्नो जिउँदो माछा बेच्ने पसलमा बिहान देखि बेलुका सम्म खटिई रहेका हुन्छन। ग्राहकहरुले पनि असल र कमसल छुट्टयाएर स्वदेशी जिउँदो माछालाई नै रोज्नु आवश्यक भएको छ।

जनताको जायज आवाज : livenp.com

यो समाचार तपाइँलाई कस्तो लाग्यो ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ