४ बैशाख २०७६, बुधबार १७:२८  

भारतको अदालतले छोटो भिडियो सम्बन्धी लोकप्रिय मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने परमादेश जारी गरेको छ।

अदालत प्रतिबन्ध लगाउन दिएको आदेश लगत्तै भारतको सरकारले गुगल र एप्पललाई एप डाउनलोडमा रोक लगाउनको लागि पत्राचार गरेको छ। भारत सरकारले पत्र काटेसँगै गुगल र एप्पलले भारतमा आफ्नो प्लेस्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न रोक लगाएका छन् ।

किन प्रतिबन्ध लगाइयो टिकटकमाथि ?

चिनियाँ टेक कम्पनी बाइट डान्सले टिक टकको निर्माण गरेको हो। यो सफ्टवेयर एप्पल एप स्टोरमा १२+ रेटिङमा छ तर अमेरीकी सरकारले टिक टक साना बच्चाहरुले हेर्न नमिल्ने जनाउंदै गत फेब्रुअरीमा टिकटकमाथि ५.७ मिलियन डलर जरिवाना लगाएको  थियो।

टिकटकमाथि १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत सूचना र गोपनीय फाइलहरु अवैधानिक तरिकाले संकलन गरेको र त्यसको व्यापारिक प्रयोग गरेको अभियोग लागेको थियो।

भारतमा चाँही सत्तारुढ दल भाजपाको दिल्ली एकाइले यो एपले भाजपा बिरोधी हर्कतहरु गरेको र चुनाबलाई प्रभावित बनाउन खोजेको भन्दै प्रतिबन्ध लगाउन माग गरेको थियो।

टिकटकको निर्माता कम्पनी बाइट डान्सले वक्तव्य जारी गर्दै भारतीय कानुन तथा नियमहरुको सम्मान गर्न प्रतिबद्ध रहेको र भारतीय प्रयोगकर्ताहरु माझ आफ्नो एप्सले सकारात्मक प्रभाव कायम राख्न काम गरिरहेको जनाएको छ। उसले भारतीय निर्बाचन आयोगसँग भारतको आचार संहिताप्रति आफ्नो कम्पनी प्रतिवद्ध रहेको जनाएको छ।

चीन र अझ रुस सरकारलाई अर्काको देशको निर्बाचन प्रक्रियामा खेल्न खोजेको आरोप लाग्ने गरेको छ। अमेरिकी चुनाबमा रुसले हस्तक्षेप गरेको बिषय केही समय पेचिलो बनेको थियो। चीनले पनि भारतीय लोकतन्त्र माथि खेल्न खोजेको आरोप लगाउछन केही विश्लेषकहरु।

जनताको जायज आवाज : livenp.com

यो समाचार तपाइँलाई कस्तो लाग्यो ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ