२ बैशाख २०७६, सोमबार ११:०६  

उदीयमान युबा नेता तथा लोकप्रिय व्यक्तित्व रबिन्द्र अधिकारी बितेको पनि ४५ दिन भैसकेछ । यसै बिच दिबंगत अधिकारीको सम्झनामा रबिन्द्र अधिकारी फाउन्डेसन गठन गर्ने तयारी व्यापकताका साथ भै रहेको छ। रबिन्द्र अधिकारीलाई तपाई हामीले सम्झनु पर्ने बिषय र कारणहरु धेरै छन्।

बिकास प्रेमी र सक्रिय नेताको पहिचान बनाएका उनको राजनैतिक यात्रा यो कारण पनि अनुकरणीय छ कि पार्टी भित्रको गुट उपगुटको झगडा र झिनाझपटीमा उनी कहिल्यै सकेको गाली गलौजमा उत्रेनन। सधै उनी संयोजनकर्ताको भूमिकामा रहन्थे।

पुरानो फाइल फोटो

पार्टी भित्र मात्र होइन , पार्टी बाहिरको राजनीतिमा बिरोधीलाई आमचकारी गाली गर्ने उनले कहिल्यै गरेनन। अहिलेका घृणा र द्वेषको राजनीति गर्नेहरुले उनीबाट यो सदगुण सिकिदिए देशमा छुट्टै शान्ति र प्रगतिको वातावरण बन्न सक्ने थियो। त्यस बाहेक उनले बिद्यार्थीलाई ३३ प्रतिशत छुट दिने देखि लिएर कलाकारहरुलाई रोयल्टी दिलाउने अभियानमा समेत नेतृत्वको भूमिका खेलेका थिए। उनकै पहलमा विभिन्न ठाउमा पुल , बाटो , खानेपानी जस्ता बिकास निर्माणका कामहरु सम्पन्न भएका थिए। पोखरा अन्तरराष्ट्रिय बिमानस्थल देखि भैरहवामा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा अहोरात्र खटेका दिवंगत अधिकारीको सन् २०२० मा २० लाख पर्यटकहरुलाई नेपाल भित्र्याउने सपना रहेको थियो। दिवंगत अधिकारीको नाममा पोखरा विमानस्थललाई रबिन्द्र अधिकारी विमानस्थल बनाउने चर्चा पनि चलिरहेको छ।

उनको सम्झनामा फाउन्डेसन स्थापनाको तयारी ब्यापक रहेको बुझिएको छ। फाउन्डेसनले देशको पर्यटन प्रबर्द्दन तथा बिकास, र देशमा स्वच्छ र स्वस्थ राजनैतिक सामाजिक सदभावयुक्त समाजको लागि काम गर्ने बताइएको छ। दिबंगत अधिकारीकी बिधवा श्रीमती बिद्या भट्टराई अधिकारीले फाउन्डेसनको अध्यक्षता र संयोजन गर्नुहुनेछ । लामो समय देखि बिना स्वार्थ नेता अधिकारीको राजनैतिक यात्रामा सहयोग गर्दै आउनु भएका कास्कीका एक त्यागी नेता राजेन्द्र आचार्य तथा आफ्नो उर्जाशील युबा उमेरमा नेता अधिकारीको सफलताको लागि ठुलो त्याग र योगदान गरेका उनका अर्का स्वकीय सचिब ध्रुब पोखरेल फाउन्डेसनको सफलताको लागि तयारीमा जुटेको समाचार छ।

नेता अधिकारी जिबित छँदा उहाले सोचेका कामहरु , उहाले गर्न खोजेका कामहरु, उहाले लेखेका पुस्तकमा रहेका योजनाहरुको बारेमा फाउन्डेसनले पहल गर्ने सम्भावना रहेको छ।

फेरी पनि दिवंगत नेता रबिन्द्र अधिकारी प्रति हार्दिक श्रद्दान्जली।

livenp.com का लागि अशोक न्यौपाने

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ