२५ चैत्र २०७५, सोमबार ०८:५६  

गोरखा जिल्लाको दक्षिण पश्चिममा रहेको पालुङ्टार नगरपालिका वडा नं. ९ स्थित भोर्ले गाउँमा कुकुरले नियाली बाघ मारेको छ । सुन्दा पनि अचम्म लाग्ने घटना अघिल्लो हप्ता पालुङ्टारमा घटेको हो । बाख्रा फार्मको लागी पालिएका कुकुरकोले समूहले बाख्रा खान आएको नियाली बाघ मारेका हुन् । भोर्लेको बाख्रा फार्म संचालन गरेर बसेका प्रकाश लामाका अनुसार ६ वटा कुकुरको हुल मिलेर एक ठूलो नियाली बाघ मारेको बताए ।

बाघसंगको लडाईमा एउटा कुकुर पनि मरेको र अन्य पाँच कुकुरहरु पनि गम्भीर घाईते भएका छन् । बाख्रा फार्ममा बाख्रा खान आएको बाघले नजिकैबाट सानो कुकुरलाई आक्रमण गरेपछि सबै कुकुरहरु मिलेर बाघको पछि लाग्दै करिब १ घण्टाको लडाई पछि बाघ मार्न सफल भएको स्थानीय लोकबहादुर राना बताउँछन् । आफुहरुले बाघ र कुकुरको अन्तिम लडाई समेत देखेको किसान रानाको दाबी छ । लडाईको क्रममा बाघको आक्रमणबाट घाईते घएपछि दुई कुकुरहरुलाई किसानहरुले बोकेर ल्याउन परेको समेत बताए । हेरौं यो स्थलगत भिडियो रिपोर्ट ।

पालुङ्टार नगरपालिका वडा नं. ९ अध्यक्ष भेजराज पाण्डेका अनुसार कुकुरले बाघ मारेको घटनाले सबैलाई अचम्मीत तुल्याएको र आफूले पनि प्रत्यक्ष देखेको बताएका छन् । फर्म संचालक लामाले आफूलाई फोन गर्दा शुरुमा पत्यार नलागेको तर हेर्नको लागि घटनास्थल आउँदा आफ्नै आँखाले प्रतक्ष्य देखेको वडाध्यक्ष पाण्डेले बताएका छन् ।

बाघ एक्लै शिकार गर्ने जनावरको रुपमा परिचित छ भने कुकुरहरु मिलेर आक्रमण गर्ने गर्दछन। बैज्ञानिकहरु ६ वटा कुकुरको समूहलाई 1 Pack of dogs भन्दछन। यदि टीम ग्रुप मिलेर आक्रमण गर्यो भने त्यो कुकुरको ग्रुपले एउटा साइबेरियन बाघलाई पनि मार्न सक्छन , बैज्ञानिकहरु भन्छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ