२४ चैत्र २०७५, आईतवार १९:२९  

कास्की, चैत २४ । सबैतिर ब्याण्ड बाजाको अतिक्रमण भैरहेको बेला पोखरामा नौमती बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नौमती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गरिने भएको छ ।नौमती बाजा केही वर्ष अगाडी लोपोन्मुख अवस्थामा पुगिसकेको भएता पनि अचेल भोलि संस्कृतिक पुनर्निर्माण संगै हरेक उत्सव, चाडपर्व, शुभकार्य तथा सभा समारोहमा यो बाजा अनिवार्यजस्तै बनेको छ ।

स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ्रे–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरिएको पर्यटन समितिका अध्यक्ष सुनिल दाहालले बताउनुभयो ।

“संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भने, “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ”

नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षभित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ ।

समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उनले भने ।

समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षका अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै होमस्टेका लागि यहाँ रु ३० लाख बजेट विनियोजन भएको छ । ह्याङजाकोट, भेँडाबारी र मर्दीहिमाल सामूदायिक होमस्टेमा गरी यहाँका १०० घरमा घरवास सञ्चालित छ । अस्तामका १० घरमा पनि व्यक्तिगत रुपमा घरवास सञ्चालन गरिएको छ भने पर्यटकको सुविधाका लागि यहाँ घरवाससँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले गाउँपालिकाका सबै वडा तथा पोखरा महानगरपालिका र माछापुच्छ«े अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य रहेको यो ठाउँमा निर्माण गरिने उद्यानबाट पर्यटकको बसाइँ बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उहाँले नयाँ÷नयाँ गन्तव्य पहिचान र पूर्वाधार निर्माणलाई चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

हेम्जाकोट, अस्ताम, धितालहुँदै मर्दी हिमालसम्म पर्यटन पदमार्ग निर्माणका लागि पनि गाउँपालिकाले योजना बनाएको उपप्रमुख दवाडीले बताए ।

तपाइलाई यो समाचार कस्तो लाग्यो ?

जनताको जायज आवाज : livenp.com

आफ्नो धारणा कमेन्टमा लेख्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ