२३ चैत्र २०७५, शनिबार ०७:४२  

भुवन केसीका छोरा अनमोल केसी दिन प्रतिदिन प्रख्यात अभिनेता बन्दैछन् , त्यसरी नै नायिका झरना थापाकी छोरी सुहाना थापा पनि बिस्तारै कुशल अभिनय क्षमताका कारण चर्चित बन्दैछिन।

अनमोल केसीले डेब्यू गरेको पहिलो फिल्म ‘होस्टेल’ देखि चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको सातौं फिल्म ‘ए मेरो हजुर ३’ सम्म आइपुग्दा कुनै पनि अभिनेत्रीहरुसंग दोहोर्याएर काम गरेका छैनन । उनका हरेक फिल्ममा हिरोइन नयाँ हुने गरेका छन् । यो शिलशिला सातौं फिल्मसम्म पनि निरन्तर रहिरहेको छ।

‘ए मेरो हजुर ३’ मा फिल्ममा उनको अपोजिटमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् । फिल्मको गीतसंगीत र ट्रेलरमा उनीहरुको केमेस्ट्रीलाई निर्माता तथा दर्शकले निकै रुचाएका छन् । दुईको जोडीले बक्सअफिसमा धूम मच्चाउने फिल्म पण्डितहरुको अनुमान छ ।  फिल्ममा अनमोलको फ्यानको भूमिका सुहानाले निभाएकी छिन् । तर, उनी रियल लाइफमा भने कसैको जबरजस्त फ्यान होइनन् । एक कफी भेटमा उनले भनिन्, ‘फिल्ममा यो रोल गर्न भने मैले आफूलाई अनमोलको ठूलो फ्यान बनाएँ । साँझ/बिहान अनमोलकै फोटो हेर्थेँ । उसको कुनै फिल्म हेर्न छुटाइनँ । फेसबुक/इन्स्टाका सबै फोटो लाइक गर्थेँ । पात्रलाई न्याय गर्न म अनमोलको ठूलो फ्यान बन्ने कोशिश गरेँ ।’  

उनी अनमोलले आफूलाई सेटमा धेरै कुरामा सहयोग गरेको पनि बताउँछिन् । ‘उसलाई मैले को-एक्टरको रुपमा पाउँदा आफूलाई भाग्यमानी मान्छु । अनमोलले मलाई उत्कृष्ट सल्लाह दिन्थ्यो । ऊ धेरै सहयोगी छ’, उनले भनिन् । अनमोल पनि सुहानाकोे तारिफ गरेर थाक्दैनन् । उनी सुहानालाई ‘डेडिकेटेट एक्ट्रेस’ भन्न रुचाउँछन् । उनले अभिनयमा गरेको मिहिनेतबाट पनि आफू प्रभावित भएको अनमोलको भनाई छ ।  तपाईंलाई सुहानाको मनपर्ने पाँच कुरा के हुन् ? पत्रकारको प्रश्नमा उनले भने, ‘उसको मलाई मनपर्ने धेरै कुराहरु छन् । पहिलो, मजस्तै ऊ पनि कृष्ण भक्त हो । दोस्रो, मजस्तै ऊ पनि शाकाहारी हो । तेस्रो, उसको फिल्मप्रतिको ‘डेडिकेसन’ हो । चौथो, ऊ एकदम ‘कन्फिडेन्ट’ छ । पहिलादेखि नै फिल्म इन्डस्ट्रीमा भिजेर होला उसमा डर भन्ने छैन । पाँचौ चाहिँ उसले सबैलाई आदर र सम्मान गर्छ । उसमा अहमता भन्ने छैन ।’ 

सुहानाले सुधार गर्नुपर्ने चाहिँ उनले खासै देखेका छैनन् । ‘एउटा कलाकार भएपछि अभिनयमा निखार ल्याउदै जानुपर्छ । सुहानाको अभिनय राम्रो छ झन् राम्रो गर्न मिहिनेत गर्नुपर्छ । फिल्म इन्डस्ट्रीमा झिँज्दै गएपछि मिडियासँग कसरी प्रस्तुत हुने पनि सिक्नुपर्छ’, उनले सुझाब दिए । उनी नेपाली फिल्ममा सुहानाको भविष्य राम्रो देख्छन । अनमोल भन्छन्, ‘ऊ झरना दिदीजस्तै लामो रेसको घोडा बन्नेछिन् र झरना दिदीभन्दा अझ सफल हुनेछिन ” ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ